काठमाडौँ । साताको कारोबारको पहिलो दिन आइतबार सुनको मूल्य सामान्य वृद्धि भएको छ । शुक्रबारको तुलनामा आइतबार छापावाल सुनको मूल्य तोलामा रु १०० वृद्धि भएको छ ।
शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार १०० रुपैयाँ थियो । आइतबार भने तोलामा १ लाख ६८ हजार २०० रुपैयाँ कायम भएको हो ।
यस्तै चाँदीको मूल्य घटेको छ । शुक्रबार तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार घटेर तोलामा १ हजार ९६० रुपैयाँ कायम भएको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।