आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

सैनामैना दुधराक्ष कप : मणिमुकुन्दको दोस्रो जित

सैनामैना दुधराक्ष कप : मणिमुकुन्दको दोस्रो जित

  • मिडिया डबली डेक्स
  • शनिवार, माघ २६ २०८१

  • 696
    SHARES

  • सैनामैना दुधराक्ष कप : मणिमुकुन्दको दोस्रो जित

    सैनामैना । मणिमुकुन्द भलिबल क्लबले लगतार दोस्रो जित हात पारेको छ । आज भएको खेलमा गल्कोट भलिबल क्लबलाई हराउँदै मणिमुकुन्दले दोस्रो जित दर्ता गरेको हो ।

    रुपन्देहीको सैनामैना ६ कलौनीमा जारी सैनामैना दुधराक्ष कप क्लब स्तरीय राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको दोस्रो खेलमा मणिमुकुन्दले गल्कोटलाई ३–१ को सेट अन्तरले हरायो ।


    प्रतिस्पर्धात्मक भएको पहिलो सेट २८–२६ ले गुमाएको मणिमुकुन्दले त्यसपछिका तीन सेट आफ्नो पक्षमा पार्न सफल भयो । मणिमुकुन्दले दोस्रो सेट २५–२०, तेस्रो सेट २५–२१ र चौँथो सेटमा २५–२१ अंक जोड्दै जित हात पार्न सफल भयो ।

    अब भोलि देखि प्रतियोगितामा दुई खेल हुने आयोजक दुधराक्ष युवा क्लबले जनाएको छ । आयोजकले दिएको जानकारी अनुसार भोलि हुने पहिलो खेलमा बिहान ११ बजे कोशी प्रदेश भलिबल क्लब र गल्कोट भलिबल क्लब खेल्नेछन् । दुवै टोली प्रतियोगितामा पहिलो जित हात पार्ने उद्देश्यका साथ मैदान उत्रने छन् ।

    त्यस्तै, भोलि हुने दोस्रो खेलमा दुई विभागिय टोली एपीएफ क्लब र नेपाल पुलिस क्लब भिड्नेछन् । खेल दिउँसो १ बजे सुरु हुनेछ ।

    शुक्रबारबाट सुरु भएको प्रतियोगिता फागुन ३ गतेसम्म चल्नेछ । प्रतियोगिताको बिजेताले ५ लाख ५५ हजार ५ सय ५५ सिल्ड मेडल र प्रमाणपत्र, उपविजेताले ३ लाख ३३ हजार ३ सय ३३, तृतीय स्थान हासिल गर्ने टोलीले १ लाख ११ हजार १ सय ११ रुपैँया, मेडल र प्रमाण–पत्र तथा सान्त्वना हुने टोलीले ५५ हजार ५ सय ५५ रुपैँया, मेडल र प्रमाण–पत्र प्राप्त गर्ने छन् ।

    विद्यागत तर्फ उत्कृष्ट खेलाडीहरुले जनही ७ हजार ७ सय ७७ रुपैँया र सर्वोत्कृष्ट खेलाडीले १५ हजार ५ सय ५५ रुपैँया प्राप्त गर्ने दुधराक्ष युवा क्लबले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, माघ २६ २०८१०५:०२:२४

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend