आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

‘टाइगर कप’ भलिबलको पुरुषतर्फ पुलिस क्लब र महिलातर्फ एपीएफ क्लब फाइनलमा

‘टाइगर कप’ भलिबलको पुरुषतर्फ पुलिस क्लब र महिलातर्फ एपीएफ क्लब फाइनलमा

  • मिडिया डबली डेक्स
  • शुक्रवार, माघ १८ २०८१

  • 1.0K
    SHARES

  • ‘टाइगर कप’ भलिबलको पुरुषतर्फ पुलिस क्लब र महिलातर्फ एपीएफ क्लब फाइनलमा

    काठमाण्डौ । टाइगर कप राष्ट्रिय तथा अन्तराष्ट्रिय क्लब च्याम्पियनशिपको पुरुषतर्फ नेपला पुलिस क्लब र महिलातर्फ सशस्त्र प्रहरीको एपीफ क्लब फाइनलमा प्रवेश गरेका छन् । पोखरा रङ्गशालाको भलिबल कोर्टमा पुरुषतर्फ पुलिसले आर्मीलाई ३–२ को सेटमा हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

    पहिलो सेट पुलिसले २५–१४ ले जितेको थियो । दोश्रो सेटमा आर्मी २५–२२ ले विजयी भयो । यस्तै तेश्रो सेटमा फेरि पुलिसले २५–२२ ले जित्यो । चौथो सेटमा आर्मीले २५–२३ ले जित्यो । पाँचौ तथा अन्तिम सेटमा पुलिसले आर्मीलाई १५–१२ ले हरायो ।

    पराजित भएको आर्मीले अब दोश्रो क्वालिफायरमा अहिले भइरहेको सुनिल भलिबल क्लब र गण्डकी प्रदेश भलिबल क्लबको विजता टोलीसँग खेल्नेछ । अहिले पुरुषतर्फको इलिमिनेटरमा भारतको सुनिल भलिबल क्लब र गण्डकी प्रदेश भलिबल क्लबबीच खेल भइरहेको छ ।

    यसैगरी महिलातर्फ आयोजक टाइगर ग्रुपलाई पराजित गर्दै सशस्त्र प्रहरी बलको एपीएफ क्लब फाइनलमा प्रवेश गरेको छ । एपीएफले टाइगर ग्रुपलाई ३–१ को सटेमा पराजित ग¥यो ।

    पहिलो सेट २५–२० ले जितेको एपीएफ दोस्रो सेट २१–२५ ले हारेको थियो । यस्तै एपीएफले तेस्रो सेट २५–१९ र चौथो सेट २६–२४ ले जित निकाल्दै फाइनल पुगेको हो ।

    अब पराजित भएको टाइगर ग्रुपले भोलि न्यू डायमण्ड स्पोटर््स क्लबसँग दोश्रो इलिमिनेटर खेल्नेछ । दोश्रो इलिमिनेटरको विजेता फाइनलमा प्रवेश गर्नेछ ।  टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा भइरहेको प्रतियोगिता पर्सि आइतवारसम्म चल्नेछ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, माघ १८ २०८१०४:०२:५६

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend