आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

त्रिकोणात्मक टी-२० शृङ्खला : पहिलो खेलमा आज नेपाल र नेदरल्याण्ड्स भिड्ने

त्रिकोणात्मक टी-२० शृङ्खला : पहिलो खेलमा आज नेपाल र नेदरल्याण्ड्स भिड्ने

  • मिडिया डबली डेक्स
  • बिहिवार, माघ १७ २०८१

  • 747
    SHARES

  • त्रिकोणात्मक टी-२० शृङ्खला : पहिलो खेलमा आज नेपाल र नेदरल्याण्ड्स भिड्ने

    काठमाडौं । नेपाल, नेदरल्याण्ड्स र थाइल्याण्ड सहभागी त्रिकोणात्मक टी-२० शृङ्खला बिहीबार शुरु हुँदैछ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेदरल्याण्ड्ससँग खेल्दै नेपालले शृङ्खलाको शुरुवात गर्दैछ। खेल दिउँसो सवा १२ बजे शुरु हुनेछ।

    नेपालकी कप्तान इन्दु बर्माले यो शृङ्खला आफूहरूका लागि महत्त्वपूर्ण रहेको बताउँदै ट्रफी जित्ने विश्वास व्यक्त गरेकी छिन्। उनले नेपालको टोली सन्तुलित रहेको भन्दै राम्रो प्रदर्शन गर्ने बताइन्। 

    नेपाली टोलीमा कप्तान बर्मासहित रुविना क्षेत्री, सीता राना मगर, पूजा महतो, विन्दु रावल, रेवती धामी, कविता कुँवर, सम्झना खड्का, ममता चौधरी, राजमती ऐरी, कविता जोशी, एलिसाकुमारी यादव, रोमा थापा, मनिषा उपाध्याय र ईश्वरी विष्ट छन्।

    माघ २५ गतेसम्म हुने शृङ्खलाका सबै खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुनेछन्। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, माघ १७ २०८१०९:०४:४३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend