आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

राष्ट्रिय परिचयपत्रका आधारमा बैङ्क खाता खोल्न सकिने

राष्ट्रिय परिचयपत्रका आधारमा बैङ्क खाता खोल्न सकिने

  • मिडिया डबली डेक्स
  • शुक्रवार, पौष २६ २०८१

  • 1.1K
    SHARES

  • राष्ट्रिय परिचयपत्रका आधारमा  बैङ्क  खाता खोल्न सकिने

    काठमाण्डौ । आउँदो माघ १ गतेदेखि राष्ट्रिय परिचयपत्रका आधारमा पनि बैङ्क तथा वित्तीय संस्थामा खाता खोल्न सकिने भएको छ ।

    यसअघि बैङ्क खाता खोल्न नागरिकता अनिवार्य चाहिनेमा अब राष्ट्रिय परिचयपत्र वा त्यसको आधारमा पनि खाता खोल्न सकिने भएको हो ।

    नेपाल राष्ट्र बैङ्कले राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बरका आधारमा खाता खोलिदिन बैङ्क तथा वित्तीय संस्था, पूर्वाधार विकास बैंक र लघुवित्त वित्तीय संस्थालाई परिपत्र जारी गरेको छ ।

    राष्ट्र बैङ्कका सहायक सूचना अधिकारी डा. भागवत आचार्यका अनुसार बैङ्क खाता खोल्दा राष्ट्रिय परिचयपत्र अनिवार्य गरिएको होइन,आधिकारिकता दिइएको हो ।

    यसअघि नागरिकताका आधारमा बैङ्क खाता खोल्नू भन्ने निर्देशन पनि यथावत रहेको र अब  राष्ट्रिय परिचयपत्र वा त्यसको नम्बर दिए पनि बैङ्कले खाता खोलिदिनुपर्ने उहाँले जानकारी दिनुभयो ।  

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, पौष २६ २०८११०:३९:५१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend