आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

पहिलो संस्करणको खो–खो विश्वकप भारतमा हुँदै

पहिलो संस्करणको खो–खो विश्वकप भारतमा हुँदै

  • मिडिया डबली डेक्स
  • शुक्रवार, पौष २६ २०८१

  • 984
    SHARES

  • पहिलो संस्करणको खो–खो विश्वकप भारतमा हुँदै

    काठमाण्डौ । नेपालले पहिलो संस्करणको खो–खो विश्वकप खेल्दै छ । यही जनवरी १३ तारिखदेखि फेब्रअरी १ तारिखसम्म भारतको नयाँ दिल्लीमा हुने प्रथम खो–खो विश्वकप २०२५ मा नेपालका पुरुष र महिला टोलीले सहभागिता जनाउँदै छन् ।

    कुल २३ राष्ट्रको सहभागिता रहने पहिलो विश्वकपमा एकैपटक महिला र पुरुषको प्रतिस्पर्धा हुन लागेको हो । यसअघि २४ राष्ट्रले सहभागिता जनाउने भने पनि पाकिस्तानले भारतमा गएर नखेल्ने जनाएपछि सहभागी राष्ट्रको सङ्ख्या २३ भएको अन्तर्राष्ट्रिय खो–खो महासङ्घले जनाएको छ ।

    पुरुष खो–खो विश्वकपमा २० देश सहभागी हुनेछन् भने महिला खो–खो विश्वकपमा १९ राष्ट्रले प्रतिस्पर्धा गर्ने भारतीय ओलम्पिक एसोसिएशनले जनाएको छ ।

    भोलि दिउँसो नयाँ दिल्लीतर्फ प्रस्थान गर्ने नेपाली टोलीको आज बिदाइ हुनेछ । विश्वकपमा पुरुषतर्फ समूह ‘ए’ मा नेपालसँगै भारत, भुटान, पेरु र ब्राजिल रहेका छन् । समूह ‘बी’ मा दक्षिण अफ्रिका, घाना, अर्जेन्टिना, नेदरल्याण्ड्स र इरान रहेका छन् ।

    समूह ‘सी’मा बङ्गलादेश, श्रीलङ्का, दक्षिण कोरिया, अमेरिका र पोल्याण्ड रहेका छन् । यसैगरी समूह ‘डी’मा इंगल्याण्ड, जर्मनी, मलेसिया र केन्या रहेका छन् ।

    नेपालले उद्घाटन खेलमा आउने सोमवार भारतसँग प्रतिस्पर्धा गर्नेछ । त्यसपछि समूहचरणमै मङ्गलवार पेरुसँग, बुधवार ब्राजिलसँग र बिहीवार भुटानसँग खेल्नेछ ।

    यस्तै विश्वकपमा नेपाली महिला टोली समूह ‘सी’ मा परेको छ । यो समूहमा भुटान, श्रीलङ्का, जर्मनी र बङ्गलादेश रहेका छन् । महिला विश्वकपको समूह ‘ए’ मा भारत, इरान, मलेसिया र दक्षिण कोरिया रहेका छन् ।

    समूह ‘बी’ मा इंगल्याण्ड, अष्ट्रेलिया, केन्या, युगाण्डा र नेदरल्याण्ड्स रहेका छन् । यसैगरी समूह ‘डी’ मा दक्षिण अफ्रिका, न्युजिल्याण्ड, पोल्याण्ड, पेरु र इण्डोनेशिया रहेका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, पौष २६ २०८१०८:४२:२३

    मिडिया डबली डेक्स

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend