आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

पुलिसलाई पाखा लगाउँदै आर्मीले जित्यो उपाधि

पुलिसलाई पाखा लगाउँदै आर्मीले जित्यो उपाधि

  • मिडिया डबली डेक्स
  • बिहिवार, पौष २५ २०८१

  • 1.4K
    SHARES

  • पुलिसलाई पाखा लगाउँदै आर्मीले जित्यो उपाधि

    बुटवल । त्रिभुवन आर्मी क्लब बुटवलमा आयोजित मदन भण्डारी गोल्डकप इन्डो–नेपाल रनिङ शिल्ड पुरुष भलिबल च्याम्पियनसिप–२०८१ को उपाधि जितेको छ।
    अर्को विभागीय टोली नेपाल पुलिस क्लबलाई बिहीवार ३–२ को सेटमा पराजित गर्दै आर्मी उपाधि जितेको हो । आर्मीले पुलिसलाई १८–२५, २५–१८, २०–२५, २५–२२ र १५–७ ले हराएको थियो।

    पुलिसले पहिलो सेट सजिलै जितेको थियो । रविन चन्द, पहल गहतराज र रविन नगरकोटीकोले आर्मीलाई खुलेर खेल्न दिएनन ।

    दोस्रो सेटमा आर्मीले पुनरागमन गर्यो । दुर्गा महतो, धनपति कुवर, धनबहादुर भट्टको उत्कृष्ट प्रदर्शनमा आर्मी १-१ को बराबरी गर्न सफल भएको हो।

    पुलिसले तस्रो सेटमा आफ्नो पक्षमा‌ पार्यो । अर्को सेट जित्दा पुलिसले उपाधि पक्का हुने थियो । तर आर्मीले चौथो सेट आफ्नो पक्षमा‌ पार्दै खेललाई निर्णायक सेटमा पुर्यायो ।

    निर्णायक सेटमा पुलिसले सुरुवातबाट लगातार अंक गुमायो । आर्मीले पुलिसका रविन, पहल र रविनको हरेक सर्टलाई ब्लक गर्न सफल भयो । त्यो सेट आर्मीले सजिलै निकाल्यो ।

    प्रतियोगितामा मणिमुकुन्द भलिबल क्लब तेस्रो भयो । भारतको गुराजत भलिबल एसोसिएसन नखेलेपछि मणिमुकुन्दलाई तेस्रो घोषित भयो । आर्मीले ट्रफीसहित ७ लाख, पुलिसले ३ लाख ५० हजार, मणिमुकुन्दले एक लाख ७५ हजार रुपैयाँ प्राप्त गर्यो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, पौष २५ २०८१०५:४१:००
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend