काठमाडौं-नेपाली कांग्रेसका कोषाध्यक्षसमेत रहेका व्यवसायी उमेश श्रेष्ठले ५० बिगाहा जमिनमा उन्नत जातको आँप तथा फलफूल खेती सुरु गरेका छन। शिक्षा व्यवसायीका रुपमा परिचत श्रेष्ठ पछिल्लो समय कृषि कर्मतर्फ पनि लागेका हुन। श्रेष्ठले ५० बिगाहा क्षेत्रफलमा आँप खेतिका साथै १०० वटा भैसी समेत पाल्ने योजना बताएका छन्।
सयौँ स्थानीयलाई रोजगारी दिनेगरी फार्ममा लगानी गर्न लागिएको छ। मुस्ताङ, जुम्ला, संखुवासभा, भोजपुर, चितवन, दोलखामा समेत फार्म सुरु गरेका श्रेष्ठले अब तराईमा ठूलो मात्रामा उत्पादन निकाल्नेगरी हाइब्रिड फार्मको काम सुरु गरेका हुन्।
कृषि क्षेत्रमा एकपछि अर्को लगानी गरिरहेका श्रेष्ठले गएको आइतबार २० बिगाहा जमिन लिने सम्झौता गरेका छन्। उनले मोहन बिक्रम लामासँग जग्गाको सम्झौता गरेका हुन्। यूभी होल्डिङ र यूभी एग्रो फार्ममार्फत लगानी गरिने उनले जनाएका छन्। जसमा १५ देखि २० करोड रुपैयाँ पहिलो चरणमा लगानी हुने छ।
विश्वबजारमा चर्चित अल्फानो म्याङ्गो, रेड म्याङ्गो, ब्लयाक म्याङ्गोसहित दर्जनौँ नयाँ हाइब्रिडजातका आँप उत्पादन गरिने छ। साथै फार्ममा किलो अम्बा, १२ मासे कागती, सुन कागती, अमला मेवासमेत उत्पादन गरिनेछ।
बलौटे माटो भएको हुँदा जुनसुकै उत्पादन हुन सक्ने भएकोले पनि यहाँ ठूलो क्षेत्रमा फार्म विस्तार गर्ने योजना रहेको श्रेष्ठले बताए। 'प्रत्येक प्लटमा विभिन्न फलफूल लगाइने छ यहाँ विशुद्ध कर्पोरेट कृषि फार्म बनाइने छ,' श्रेष्ठले भने।
यति धेरै उत्पादन गर्न सकिने ठाँउमा पनि आयत र ट्रेडिङ व्यवसायमा रमाउने उद्योगीहरू धेरै हुँदा समस्या आएको बताउँदै ढिलोचाँडो राज्य र उद्योगी उत्पादनमा नै केन्द्रित हुनुको विकल्प नभएको श्रेष्ठ बताउँछन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।