वीरगञ्ज-वीरगञ्जको सिर्सियास्थित सुक्खाबन्दरगाह भन्सार कार्यालयको राजस्वमा कमी आएको छ। चालु आर्थिक वर्षको पाँच महिनामा कार्यालयले १९ अर्ब ७८ करोड ११ लाख २७ हजार मात्रै राजस्व असुली गरेको छ।
कार्यालयले पाँच महिनाको अवधिमा कुल वार्षिक लक्ष्यको ३२ दशमलव ९४ प्रतिशत राजस्व उठाएको हो। यस्तै,मङ्सिरमा भने अन्य महिनाको तुलनामा सबैभन्दा कम अर्थात् तीन अर्ब २२ करोड ८४ लाख २९ हजार राजस्व उठेको छ। कार्यालयले गत आर्थिक वर्षको पाँच महिनामा २१ अर्ब चार करोड १६ लाख ७३ हजार राजस्व संकलन गरेको थियो।
चालु आर्थिक वर्षको साउनमा ३ अर्ब ७५ करोड, भदौमा ४ अर्ब ६४ करोड, असोजमा ४ अर्ब ३६ करोड र कात्तिकमा ३ अर्ब ७९ करोड राजस्व संकलन भएको कार्यालय जनाएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।