काठमाडौं-नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको। निगमले आज राति १२ बजेबाट लागू हुने गरी पेट्रोलको मूल्य बढाएको हो। निगमले डिजल र मट्टीतेलको मूल्य भने घटाइएको छ।
स्वचालित मुल्य प्रणाली अनुसार इन्डियन आयल कर्पोरेशनबाट पेट्रोलमा २ रुपैयाँ २८ पैसा बढेर र डिजलमा १ रुपैयाँ ४८ पैसा घटेर आएको निगमले जनाएको छ।
निगमको संचालक समितिको निर्णयअनुसार पेट्रोलमा २ रुपैयाँ बढाइएको छ भने डिजल र मट्टीतेलमा २ रुपैयाँ घटाइएको हो। खाना पकाउने एलपी ग्यास र हवाई इन्धनमा भने मूल्य यथावत् राखिएको निगमले जनाएको छ ।
पहिलो वर्गमा पर्ने चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोलको मूल्य १५९ रुपैयाँ ५० पैसा पर्नेछ। यी स्थानमा डिजल र मट्टीतेलको मूल्य १४८ रुपैयाँ ५० पैसा कायम भएको छ ।
दोस्रो वर्गमा पर्ने सुर्खेत र दाङमा पेट्रोलको मूल्य १६१ रुपैयाँ र डिजल र मट्टीतेलको मूल्य १५० रुपैयाँ पर्नेछ ।योसँगै तेस्रो वर्ग अन्तर्गत पर्ने काठमाडौं, पोखरा र दिपायल डिपो अन्तर्गतका पम्पमा पेट्रोलको मूल्य १६२ रुपैयाँ पर्नेछ । यी क्षेत्रमा डिजल र मट्टीतेलको मूल्य १५१ रुपैयाँ कायम गरिएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।