सोमवार, भाद्र २९ २०८३Sep 14 2026

Logo
images images

पुर्व पतीका बिबाहलाई लिएर सामान्था मौन

पुर्व पतीका बिबाहलाई लिएर सामान्था मौन

  • कृष्ण प्रसाद पहाडी
  • शुक्रवार, श्रावण २५ २०८१

  • 753
    SHARES

  • पुर्व पतीका बिबाहलाई लिएर सामान्था मौन

    मुम्बइ, २५ साउन - अभिनेत्री सामन्था रुथ प्रभुका पूर्व पति र अभिनेता नागा चैतन्यले अगस्ट ८, २०२४ मा अभिनेत्री शोभिता धुलिपालासँग इन्गेजमेन्ट गरेको खबर बाहिरिएको थियो ।

    जसका तस्बिरहरू अभिनेता नागा चैतन्यका पिता र सुपरस्टार नागार्जुनले इन्स्टाग्राममा सेयर गरेका थिए। यसपछि सामाजिक सञ्जालमा फ्यानहरूले बधाई दिन थालेपछि इन्टरनेटमा ट्रोलर्सले ट्रोलसमेत गर्न सुरु गरेका थिए । 

    यसैबीच, उनको इन्गेजमेन्टको खबर पछि पुर्व पत्नी तथा अभिनेत्री सामान्थाले के पोस्ट गर्छिन् भन्नेमा फ्यानहरूको नजर रहेको थियो । इन्स्टाग्राममा सामन्थाले विनेश फोगाटले कुस्तीबाट सन्यास लिएको खबर साझा गरेकी थिइन । तर, पुर्व पतीका बारेमा उनले अहिलेसम्म कुनै प्रतिक्रिया दिइसकेका छैनन । 

    ८ अगस्टको बिहान अभिनेता नागा चैतन्यले आफ्नी प्रेमिका शोभिता धुलिपालासँग परिवार र विशेष साथीहरूको उपस्थितिमा विवाह गर्ने खबरहरू बाहिरएकाे थियो।

    यसपछि अभिनेता नागार्जुनले इन्स्टाग्राममा दुई तस्बिर सेयर गरेका थिए, जसमा सुपरस्टार छोरा नागा र भावी बुहारी शोभितासँग पोज दिइरहेका थिए । जबकि दोस्रो फोटोमा जोडीको सुन्दर तस्बिर थियो ।उनले बिनेश फोगटमा तस्विर राखेर अन्य कुरा लेखिरहेकी छिन् । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, श्रावण २५ २०८११२:५१:४२

    कृष्ण प्रसाद पहाडी

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend