आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

स्वस्तिमा र साम्राज्ञीको अभिव्यक्ति विवादमा, जसिता र अनमोलले के भने ?

स्वस्तिमा र साम्राज्ञीको अभिव्यक्ति विवादमा, जसिता र अनमोलले के भने ?

  • मिडिया डबली
  • बुधवार, आषाढ १३ २०८१

  • 1.4K
    SHARES

  • स्वस्तिमा र साम्राज्ञीको अभिव्यक्ति विवादमा, जसिता र अनमोलले के भने ?

    काठमाडौँ - सेलिब्रेटीले विवादित अभिव्यक्ति दिने र चर्चामा आउनुलाई सामान्य रुपमा लिने गरिन्छ । अझ खासगरी कुनै फिल्म रिलिज या शो लाई चर्चामा ल्याउन सेलिब्रेटीहरुले विवादित अभिव्यक्ति दिने गर्दछन् ।

    यसैबीच कान्तिपुर टिभीको ‘इट्स माइ शो’ नामक टेलिभिजन कार्यक्रम पनि विवादमा परेको छ । सो कार्यक्रममा अभिनेत्रीद्वय स्वस्तिमा खड्का र साम्राज्ञी राज्यलक्ष्मी शाहले दिएको अभिव्यक्तिका कारण विवाद बढेको हो ।सो कार्यक्रममा जसिता गुरुङको व्यक्तिगत जीवनको प्रसंग उल्लेख गरेपछि विवाद बढेको छ ।

    कार्यक्रमकी सञ्चालिका ओसिन सिटौलाले धिरज मगरपछि अहिले अनमोल केसीसँग डेट गरिरहेकी अभिनेत्री को हुन् ? भन्ने प्रश्नको जवाफमा स्वस्तिमाले सबैभन्दा अगाडि ‘बजर’ दबाएर जसिता गुरुङको नाम लिएकी थिइन् । साम्राज्ञीले भने उनको तीन नायक प्रदीप खड्का, धीरज मगर र अनमोल केसीसँग प्रेम रहेको दाबि गरेकी छन् ।  

    अर्को प्रश्नमा अनमोल केसीका कतिवटा गर्लफ्रेन्ड थिए र उनीहरुको नाम के हो ? भन्ने प्रश्नमा साम्राज्ञीले आफूलाई थाहा नभएको बताएकी छन् भने स्वस्तिमाले अभिनेत्री आना शर्मा र पूर्वमिस नेपाल अश्मी श्रेष्ठको नाम लिएकी थिइन् । यो शो प्रशारण भएपछि अभिनेत्रीद्वय स्वस्तिमा र साम्राज्ञी विवादमा परेका छन् र उनीहरुको आलोचना भइरहेको छ ।

    जसितमाले इन्स्टाग्राममा लेख्दै एक महिलाले अर्को महिलालाई नीच देखाएको आरोप लगाउदै असन्तुष्टि व्यक्त गरेकी छन् । उनले लेखेकी छन्, ‘मैलै कहिल्यै पनि बुझ्न सकिनँ कि मानिसहरु राष्ट्रिय टेलिभिजनमा कसैको निजी जीवनको बारेमा किन कुरा गर्छन्, जबकि उसलाई व्यक्तिगत रुपमा राम्रोसँग नै चिनेको हुँदैन । यो अन्तर्वार्ता हेरेपछि मलाई यी व्यक्तिहरुप्रति धेरै दुःख लागेको छ । के हामी साँच्चै एक महिला भएर अर्को महिलालाई नीच देखाउनेविरुद्धमा छौं ?’

    उनले स्वस्तिमा र साम्राज्ञीलाई प्रश्न गर्दै अगाडि लेखेकी छन्, ‘के तपाईंहरु यो बुझ्न हुन्छ कि तपाईंको कार्यले कतिको जीवन प्रभावित हुन्छ ? के तपाईंहरु म आफ्नो अतीतमा कुन अवस्थामा गुज्रिएको थिएँ भन्ने जान्नुहुन्छ ? के तपाईंहरुलाई लाग्दैन कि मेरो परिवारले यो हेरिरहेका छन् भन्ने ? एक महिलाको रुपमा तपाईंहरु समाजका लागि कुन तरिकाको उदाहरण स्थापित गर्दै हुनुहुन्छ ? कसैलाई सार्वजनिक रुपमा बदनाम गरेर र उसको निजी जिन्दगीमा चर्चा कमाउनुको कारण के हो ?’

    जसिताको स्टाटसमा जवाफ दिदै स्वस्तिमा र साम्राज्ञीले माफी मागेका छन् । उनको स्टाटसमा कमेन्ट गर्दै स्वस्तिमा लेख्छिन्, ‘तिम्रो भावनामा चोट पुर्याएकोमा म साँच्चै माफी चाहन्छु । यो एक रमाइलो कार्यक्रम थियो र धेरै उत्साहजनक तरिकामा प्रकट भयो । तिमी सधैं मेरो लागि एक धेरै राम्रो साथी छौं र एकपटक फेरि म तिमीसँग माफी चाहन्छु ।’ त्यस्तै, साम्राज्ञीले पनि भावनामा चोट पुर्‍याएकोमा माफी माग्न चाहन्छु भनेकी छन् ।

    यसैबीच अभिनेता अनमोल केसीले पनि सामाजिक सञ्जालमा यस बारे टिप्पणी गर्दै आफुलाई अनादर गर्नेलाई अझ आदर गर्न आग्रह गरेका छन् । उनले भनेका छन्- 'यदि तिनीहरूले तपाईंलाई आदर गर्छन् भने, तिनीहरूलाई सम्मान गर्नुहोस्।  यदि तिनीहरूले तपाईंलाई अनादर गर्छन् भने, अझै पनि तिनीहरूलाई सम्मान गर्नुहोस् । अरूको कार्यलाई तपाईंको राम्रो तरिकालाई कम गर्न नदिनुहोस्, किनकि तपाईं आफैंको प्रतिनिधित्व गर्नुहुन्छ, अरूलाई होइन । सबैलाई सम्मान गर्नुहोस्'  

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आषाढ १८ २०७७०६:५९:५६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend