काठमाडौँ- निर्देशक तथा कोरियोग्राफर ऋषिराम बराल (सिर्जन) को निर्देशनमा आधुनिक गीत 'रावण...' छोटो समयमा नै चर्चा बटुल्न सफल भएको छ । केहि दिन आगाडी मात्र रिलिज भएको उक्त गीतलाई ए बि मोशन पिक्चर नामक युटुब च्यानल मार्फत रिलिज गरिएको हो ।
गायक बिशाल निरौलाको आवाजमा रहेको उक्त गीतमा ऋषिराम बराल (सिर्जन)ले नै शब्द लेखेका हुन् भने जीबी चिरनको संगीत रहेको छ ।
भिडिओमा मोडल बिक्रम बुढाथोकी, निरुता शाही र ज्ञानु नेपालीको दमदार अभिनय देख्न सकिन्छ । जनता डिजिटल एण्ड फिल्म्सको ब्यानरमा तयार पारिएको उक्त भिडिओको सम्पादन अमृत चापागाईले गरेका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।