आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

गायक तथा पत्रकार प्रकाश ढकालको मृत्यु रहस्यमय

गायक तथा पत्रकार प्रकाश ढकालको मृत्यु रहस्यमय

  • मिडिया डबली
  • सोमवार, मंसिर ४ २०८०

  • 9.6K
    SHARES

  • गायक तथा पत्रकार प्रकाश ढकालको मृत्यु रहस्यमय

    काठमाडौं -गायक, मोडल तथा पत्रकार प्रकाश ढकाल मृत भेटिएका छन् ।

    स्याङ्जाको चापाकोट नगरपालिका–७, का ढकाल धादिङको बेनीघाट रोराङस्थित त्रिशूली किनारमा मृत फेला परेका हुन् । उनको मृत्यु के कति कारणले भयो भन्ने खुल्न सकेको छैन ।

    कतिपय कलाकारले ढकालको मृत्यु रहस्यमय भएको भन्दै सत्य तथ्य छानबिनको माग गरेका छन् । प्रकाशले दुई दिनअघि मात्रै पोखरा आउन लागेको बताएका थिए ।

    ‘पोखरा आउन लागेको र होटल भन्दिन भनेका थिए । त्यसपछि सम्पर्कविहीन भएका थिए,’ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय सचिव घनश्याम रिजालले भने ।

    इलाका प्रहरी कार्यालय गजुरीका इन्चार्ज डिएसपी मदनबहादुर कुँवरले अनुसन्धान भइरहेको बताए । गायक प्रकाशका थुप्रै गीत चर्चित छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, मंसिर २१ २०८००२:३३:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend