काठमाडौ - राष्ट्रपति रामचन्द्र पौडेलले भूकम्पपीडितका लागि एक महिनाबराबरको तलब दिने भएका छन् ।
उनले प्रभावित जनताका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्वार कोषमा आफ्नो एक महिनाको तलव बराबरको रकम दिने भएका हुन् ।
जाजरकोट केन्द्र बनाएर गएको भूकम्पबाट प्रभावितहरूको राहत तथा पुनःस्थापनाका लागि सो कोषमा राष्ट्रपति पौडेलले रकम प्रदान गर्ने राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।
पौडेल मंगलबार मात्र जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावित क्षेत्रमा पुगी अनुगमन र निरीक्षण गरी फर्केका थिए ।
उनले अस्पताल पुगेर घाइतेसँग कुराकानी पनि गरेका थिए । उनले काठमाडौं फर्कने क्रममा आफू चढेको जहाजमा एक घाइतेलाई समेत ल्याएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।