काठमाडौँ - राष्ट्रपति रामचन्द्र पौडेलले फ्रान्स, इटली र जर्मनीको भ्रमण स्थगित गरेका छन् । विनाशकारी भूकम्पजस्तो प्राकृतिक विपत्ति आइपरेका बेला मुलुक छोड्न उपयुक्त नहुने निष्कर्षसहित पाैडेलले तत्कालका लागि भ्रमण स्थगित गरेकाे उनका प्रेस सल्लाहकार किरण पाेखरेलले जानकारी दिए ।
मन्त्रिपरिषदको बैठकले ती मुलुककको भ्रमण स्वीकृत गरेको भोलिपल्टै जाजरकोट केन्द्रविन्दु भएर गएको विनाशकारी भूकम्पबाट जाजरकोट र रुकुम पश्चिमलगायतका क्षेत्रमा ठूलो जनधनको क्षति हुन गएकाले यो बेला मुलुक छोड्न उपयुक्त नहुने निष्कर्षसहित राष्ट्रपति पौडेलले भ्रमण स्थगित गरेकाे प्रेस नाेटमा उल्लेख छ ।
नेपालले पेरिस–सम्झौता २०१५ मा एक दशमलव पाँच डिग्री सेल्सियसभित्र विश्वको तापमानलाई नियन्त्रण गर्ने प्रतिवद्धता जनाएको र नेपालले सन् २०४५ भित्र शून्य डिग्री कार्वन उत्सर्जनको महत्वाकांक्षी लक्ष्य राखेको सन्दर्भमा पाैडेल फ्रान्सका राष्ट्रपति एमानुयल मार्कोनकाे निमन्त्रणामा नोभेम्बर ९ देखि ११ तारिखसम्म पेरिसमा हुने पिस फोरम कार्यक्रमअन्तर्गतकाे वन पाेलार प्लानेट समिट तथा पेरिस प्याक्ट फर पिपुल फर पिपुल एन्ड प्लानेटमा भाग लिन जाने कार्यक्रम तय भएको थियो ।
देश शाेकमा डुबेका बेला युराेप भ्रमणमा जान लागेकाे भनी चाैतर्फी आलाेचना भएपछि उनले भ्रमण स्थगित गरेका हुन् ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।