आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

'शिक्षकलाई राजनीतिको ढोका बन्द गरौं' : गगन थापा

'शिक्षकलाई राजनीतिको ढोका बन्द गरौं' : गगन थापा

  • मिडिया डबली
  • सोमवार, आश्विन ८ २०८०

  • 5.4K
    SHARES

  • 'शिक्षकलाई राजनीतिको ढोका बन्द गरौं' : गगन थापा

    काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मान्छेको नामै किटेर उच्च अदालत पाटनले कांग्रेस केन्द्रीय कार्यालयलाई पत्र काटेको भन्दै शिक्षकलाई पार्टी राजनीतिको ढोका बन्द गर्नुपर्ने बताएका छन् ।

    ‘शिक्षक र पार्टीको सम्बन्ध के हो ? यसमा प्रस्ट पार्नुपर्छ । शिक्षक पार्टीको मेम्बर हुन पाउँदैन, राजनीतिक दल र निर्वाचनसम्बन्धी कानूनले यही भन्छ । मान्छेको नाम किटेर भदौ ६ गते उच्च अदालत पाटनले कांग्रेस केन्द्रीय कार्यालयलाई चिठी काटेको छ । उहाँहरू झुक्किएको कुरामा हामीले स्पष्टीकरण दिएका छौं,’ केन्द्रीय समिति बैठकमा सोमवार थापाले भने, ‘निर्वाचन आयोग र अख्तियारले पनि चिठी काटेको छ । शिक्षक भएर पार्टीको सदस्यता लिन अब सम्भव छैन । दिनमा एउटा पत्र आउँछन्, अब यो सम्भव छैन । हामीले शिक्षकका लागि राजनीतिको ढोका बन्द गर्नुपर्छ र शिक्षण छाडेको दिन राजनीतिमा आउने ढोका खोल्नुपर्छ ।’

    अब शिक्षकले आर्जन गरेको सामाजिक प्रतिष्ठालाई मात्रै प्रयोग गर्नुपर्ने उनको भनाइ छ । ‘कार्यकर्ता बनाएर शिक्षकमार्फत दलको गतिविधि गर्छौं भनेर हुँदैन ।

    शिक्षकले आर्जन गरेको सामाजिक प्रतिष्ठा पूँजी हो,’ थापाले भने, ‘प्राध्यापक, शिक्षक, कर्मचारी पार्टीको प्रतिनिधि नहुने भन्ने भएपछि यो छाडेर आउनेलाई मात्र राजनीति गर्न दिऊँ, यो बारेमा खुला छलफल गरौं ।’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आश्विन २२ २०७७०७:०३:५९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend