काठमाडौं - तत्कालिन संविधानसभाका अध्यक्ष एवं नेकपा एमालेका उपाध्यक्ष सुबासचन्द्र नेम्वाङको पार्थिव शरीरलाई अन्त्येष्टिका लागि पशुपति आर्यघाट लगिएको छ।
अन्त्येष्टिअघि अहिले शव यात्रा भइरहेको छ । उनको निवास बालुवाटारबाट शव यात्रा निकालिएको हो । शवयात्रा अघि बालुवाटारमै नेपाली सेनाले सलामी दिएको छ ।
शवयात्रा बालुवाटार, शिक्षण अस्पताल, महाराजगञ्ज, धुम्बाराही, चाबहिल, गौशाला हुँदै पशुपति आर्यघाटमा पुग्नेछ । गत सोमबार राति हृदयघातबाट निधन भएका नेम्वाङको छोराहरु विदेशबाट फर्किन समय लाग्दा अन्त्यष्टि गर्न ढिलाई भएको हो ।
त्रिवि शिक्षण अस्तापलत महाराजगञ्जमा निधन भएका नेम्वाङको पार्थिब शरीर मंगलबार बिहानदेखि बुधबार दिउँसोसम्म श्रद्धाञ्जलीका लागि एमाले मूख्यालयमा राखिएको थियो भने बुधबार नेम्वाङको निवासमा लगिएको थियो ।
निवासमा लिम्वु संस्कार अनुसारको कर्म गरिएको थियो । नेम्वाङ निधनप्रति शोक जनाउँदै सरकारले बिहीबार देशभर सार्वजनिक बिदा दिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।