आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

राष्ट्रपति पौडेलद्वारा पाटनस्थित कृष्ण मन्दिरमा पूजा एवं दर्शन

राष्ट्रपति पौडेलद्वारा पाटनस्थित कृष्ण मन्दिरमा पूजा एवं दर्शन

  • मिडिया डबली
  • बुधवार, भाद्र २० २०८०

  • 2.5K
    SHARES

  • राष्ट्रपति पौडेलद्वारा पाटनस्थित कृष्ण मन्दिरमा पूजा एवं दर्शन

    ललितपुर - राष्ट्रपति रामचन्द्र पौडेलले आज श्रीकृष्ण जन्माष्टमीका अवसरमा पाटनस्थित कृष्ण मन्दिर गई भगवान् श्रीकृष्णको पूजा एवं दर्शन गरेका छन्।

    प्रत्येक वर्ष भाद्र कृष्णाष्टमी अर्थात् आजका दिन राष्ट्राध्यक्षले पाटन कृष्ण मन्दिरमा पूजा एवं दर्शन गर्ने परम्परा रहिआएको छ।

    सो अवसरमा राष्ट्रपति पौडेलल मन्दिरका पुजारीबाट फूल एवम् प्रसाद ग्रहण गरेका हुन्। पौडेललाई ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन लगायतले स्वागत गरेका थिए ।

    कृष्णमन्दिरमा आज बिहानैदेखि भक्तजनको भीड लागेको थियो । १७ औं शताब्दीमा राजा सिद्धिनरसिंह मल्लका पालामा निर्माण सो मन्दिर निर्माण भएको थियो ।

    द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भगवान श्रीकृष्णको जन्म भएको सम्झनामा आजको दिन श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र २३ २०७७१०:०२:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend