काठमाडौं - पार्टी सचिवालयको वैठकमा सहभागी हुन काठमाडौंबाट सिराह जान जनकपुरको गईरहेका एमाले शीर्ष नेताहरु चढेको वुद्ध एअरको विमानमा प्राविधिक गडबडी आएको छ ।
प्राविधिक गडबडीका कारण विमान जनकपुरमा अवतरण नगरी काठमाडौं फर्किएको छ । विमानमा एमाले नेताहरु ईश्वर पोखरेल, सुवास नेम्वाङ, विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, अमृत बोहोरा, शंकर पोखरेल, विष्णु रिमाल, रामबहादुर थापा, पृथ्वी सुब्बा गुरुङलगायत रहेका थिए ।
विमानमा एमाले नेताहरुसहित ६८ जना यात्रु रहेका थिए । अवतरण हुनुभन्दा केही मिनेट अघि मात्रै प्राविधिक खराबी आएको बताइएको छ । अन्य यात्रुहरुसहित एमाले नेताहरुलाई अर्को विमानमा जनकपुर पठाइएको र प्राविधिक गडबडी देखिएको विमानको चेकजाँच भईरहेको वुद्ध एअरले जनाएको छ ।
जनकपुर विमानस्थलमाथिको आकाशमा पुगेपछि विमान परिचारिकाले केही प्राविधिक समस्याका कारण जनकपुर ओर्लन नसक्ने जानकारी गराएकी थिइन् । नेकपा एमालेको सचिवालय बैठक आज बुधबारबाट सिराहाको धनगढीमाइ नगरपालिकामा शुरु हुदैछ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।