काठमाडौं - झन्डै एक महिनादेखि अवरुद्ध संसद् खुलाउन राष्ट्रपति रामचन्द्र पौडेलले सर्वदलीय बैठकको तयारी गरेपछि सभामुख देवराज घिमिरेले सक्रियता बढाएका छन् ।
संसद् खुलाउने दायित्व सभामुखको हो । राष्ट्रपति नै अघि बढ्दा आफू अक्षम सावित हुने डरले सभामुख घिमिरे शुक्रबार बिहानै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न बालुवाटार पुगेका छन् ।
प्रचण्ड र घिमिरेबीच संसदको अवरोध हटउने विषयमा शुक्रबार बिहान ९ बजेदेखि छलफल जारी छ । प्रमुख प्रतिपक्षी दल एमालेले सुन प्रकरणलाई लिएर गत साउन १० गतेदेखि नै संसद अवरोध गर्दै आएको छ । यसअघि पनि प्रधानमन्त्री र सभामुखबीच सदन खुलाउने विषमा पटकपटक छलफल भइसकेको छ ।
यद्यपि एमाले आफ्नो अडाबाट पछि हटेको छैन ।एमालेले गत साउन २ गते सिनामंगलबाट नियन्त्रणमा लिइएको सुनको विषयमा छानविन गर्न उच्चस्तरिय समिति बनाउनुपर्ने माग गर्दै आएको छ ।
तर सरकार पक्ष भने केन्द्रीय अनुसन्धान व्यूरोले नै अनुसन्धान गर्नुपर्ने अडानमा छ । एमालेको संसद् अवरोधका कारण नियमित कार्यसूचीहरु अघि बढ्न सकिरहेका छैनन् ।
तर पनि सांसदहरूले तलबभत्ता बुझ्न छाडेका छैनन् । संसद् अवरुद्ध विषयमा राष्ट्रपति पौडेलले एमाले अध्यक्ष केपी ओलीसँग पनि भेटवार्ता गरिसकेका छन् । पौडेलले ओलीलाई संसद् खुलाउन ध्यानाकर्षण गराएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।