आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमालेले निरन्तर संसद् अवरुद्ध गरेपछि राष्ट्रपति पौडेल आफैं अघि सरे

एमालेले निरन्तर संसद् अवरुद्ध गरेपछि राष्ट्रपति पौडेल आफैं अघि सरे

  • मिडिया डबली
  • बिहिवार, श्रावण ३२ २०८०

  • 3.2K
    SHARES

  • एमालेले निरन्तर संसद् अवरुद्ध गरेपछि राष्ट्रपति पौडेल आफैं अघि सरे

    काठमाडौं - प्रमुख प्रतिपक्षी दल एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय समिति बनाउन माग गर्दै झन्डै एक महिनादेखि संसद् अवरुद्ध गर्दै आएको छ ।

    छानबिन समिति वा आयोग नबनाएसम्म संसद् चल्न नदिने उसको अडान कायमै छ । जसकारण कार्यसूचीमै प्रवेश नगरी साउन महिना सकिएको छ ।

    संसद् नबस्दा कानुन निर्माण प्रक्रियाका साथै मुलुकका जल्दाबल्दा समस्याबारे सांसदले सरकारको ध्यानाकर्षण गराउन सकेका छैनन् ।

    यस्ता गतिविधिले मुलुकमा नकारात्मकता फैलने भन्दै संसद् अवरोध हटाउन राष्ट्रपति रामचन्द्र पौडेलले चासो देखाएका छन् ।

    उनले बुधबार एमाले अध्यक्ष केपी ओलीसँग भेट गरी संसद् अवरोध हटाउन सल्लाह दिएका थिए । त्यसअघि उनले सभामुख देवराज घिमिरेलाई पनि भेटेका थिए । राष्ट्रपति भइसकेपछि पौडेलले सबै दलको नेताहरुलाई भेटेका पनि छैनन् ।

    सबैसँग भेटघाट गरेर अहिलेको परिस्थिति बुझ्नका लागि पौडेलले इच्छा राखेको बुझिएको छ । राष्ट्रपति भएको केही समयदेखि नै विरामी परेकाले पौडेल त्यति सक्रिय देखिएका छैनन् ।

    संसदको गतिरोध हटाउने विषयमा सत्तारुढ दलले निर्णयसमेत गरिसकेका छन् । सत्ता पक्ष र प्रतिपक्षको बैठक राख्ने काम सभामुखको पनि हो । तर सभामुख देवराज घिमिरे एमालेसँग मिलेको आशंका गरिएको छ ।

    सोही कारण संसद्‌को गतिरोध हटाउने विषयमा छलफल गर्न राष्ट्रपति पौडेलले सर्वदलीय बैठक बोलाउने तयारी गरेका छन् । राष्ट्रपति कार्यालयका अनुसार भदौको पहिलो साता बैठक बोलाउने तयारी छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र २३ २०७७१०:०२:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend