आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images
राजनीतिक बिशेष

गगन थापाको क्षेत्रमा बालेनको डोजर, दुई पालिकाबीच तनाव

गगन थापाको क्षेत्रमा बालेनको डोजर, दुई पालिकाबीच तनाव

  • मिडिया डबली
  • बिहिवार, श्रावण २५ २०८०

  • 2.2K
    SHARES

  • गगन थापाको क्षेत्रमा बालेनको डोजर, दुई पालिकाबीच तनाव

    काठमाडौ - काठमाडौं महानगरपालिका– ७ र बूढानीलकण्ठ नगरपालिकाबीचको कपन खोलामाथि बनाइएको स्ल्याब हटाउन खोज्दा तनाव भएको छ।

    स्ल्याब भत्काउन पुगेको काठमाडौं महानगरपालिकाको नगर प्रहरी टोली र बूढानीलकण्ठ नगरपालिका–१० का वडाध्यक्ष नवराज भट्टराई नेतृत्वको समूहबीच बिहीबार घम्साघम्सी भएको हो।

    नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाको निर्वाचन क्षेत्र यहाँ बर्षेनि बाढीको आतंक छ। यस क्षेत्रमा खोलाको बहाव खुम्च्याएर अतिक्रमण गरेको आरोप लाग्ने गरेको छ।

    काठमाडौंका नगर प्रहरी प्रमुख राजुनाथ पाण्डेसहितको टोली बूढानीलकण्ठको सात तलेमा डोजरसहित पुगेपछि तनाव भएको हो। महानगरको टोली डोजरसहित आएपछि स्थानीयबासीले बूढानीलकण्ठका जनप्रतिनिधिलाई बोलाएका थिए।

    त्यसपछि बूढानीलकण्ठका मेयर मिठाराम अधिकारी, उपमेयर अनिता लामा र वडा नम्बर १० का वडाध्यक्ष नवराज भट्टराई पुगेका हुन्।

    महानगर प्रहरीले भट्टराईलाई लछारपछार गरेको स्थानीयले बताएका छन्। विवाद बढ्दै गएपछि नेपाल प्रहरीको टोलीले हस्तक्षेप गरेको छ।

    अहिले काठमाडौं महानगरपालिका–७ का अध्यक्ष विमल होडा र बूढानीलकण्ठका जनप्रतिनिधिहरु वार्तामा बसेका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आश्विन २२ २०७७०७:०३:५९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend