आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

एमालेको गैरजिम्मेवार अडानले सुरु हुन सकेन संसद् 

एमालेको गैरजिम्मेवार अडानले सुरु हुन सकेन संसद् 

  • मिडिया डबली
  • मंगलवार, श्रावण १६ २०८०

  • 1.8K
    SHARES

  • एमालेको गैरजिम्मेवार अडानले सुरु हुन सकेन संसद् 

    काठमाडौं- जनताका समस्या र कानुन निर्माणका विषयहरुमा छलफल गर्ने थलो संसद्लाई नेकपा एमालेले बन्धक बनाएको छ।

    त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जाँचपास भएर बाहिरिएको एक क्‍विन्टल अवैध सुन बरामद भएपछि नेकपा एमालेले गृहमन्त्री नारायणबाजी श्रेष्ठको राजीनामा माग गर्दै संसद् अवरोध गरेको हो। गत बुधबारदेखि अवरुद्ध संसद् बैठक सोमबार बस्‍ने गरी तय भए पनि सञ्‍चालन हुन सकेन। 

     प्रतिपक्षी एमालेले सुन प्रकरणको छानबिन गर्न उच्चस्तरीय समिति बनाउने प्रतिबद्धता नआएसम्म संसद् चल्न नदिने अडान लिएपछि आजको बैठक बस्दै नबसी स्थगित भएको हो। सभामुख देवराज घिमिरेका प्रेस सल्लाहकार शेखर अधिकारीले मंगलबार १ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराएका हुन्। 

    राजस्व अनुसन्धान विभागले १ सय किलो सुन तस्करी प्रकरणमा आइतबार दावा छिरिङलाई पक्राउ गरेसँगै यो प्रकरणमा माओवादी नेताहरु तर्फ नै सोझिएपछि सरकार नै अप्ठ्यारोमा परेको छ। दावा पक्राउ परेसँगै अनुसन्धानलाई फराकिलो बनाउनसके यसको राजनीतिकलगायत सम्पूर्ण जालो पत्ता लाग्न सक्ने र अनुसन्धान टुंगोमा पुग्न सक्ने विश्वास गरिएको पनि यसलाई ढाकछोप गर्न नेताहरुले दौडधुप सुरु गरिसकेका छन्। 

    पक्राउ परेका दावाको कनेक्सन माओवादी केन्द्रका नेताहरूसँग देखिएको छ। राजस्व अनुसन्धान विभागका अधिकृतहरूले दावा सुन तस्करीमा संलग्न भएको यथेष्ट प्रमाणहरू फेला परेकाले पक्राउ गरी अनुसन्धान अघि बढाइएको जानकारी दिए।

    दावा चिनियाँ मूलका भए पनि उनीसँग नेपाली नागरिकतासमेत रहेको बताइएको छ। विभागका एक अनुसन्धान अधिकृतले पक्राउ परेका दावा सुन तस्करी प्रकरण गिरोहका प्रमुखमध्येका एक सदस्य रहेको हुन सक्ने बताए।

    उनीसँगै सुन तस्करीको आरोपमा पक्राउ पर्नेको संख्या १८ पुगेको छ। हालसम्म पक्राउ पर्नेहरूमा भरिया तथा सहयोगी मात्रै थिए तर आइतबार दावा पक्राउ परेसँगै यस प्रकरणका योजनाकारमध्येका एक पक्राउ परेको हुनसक्ने विश्वास विभागका अधिकारीहरूको छ।

    विभागका अधिकारीहरूले सुन तस्करीको क्रम र प्रवृत्ति हेर्दा यसमा ठूलैखालका व्यापारी तथा राजनीतिक नेतृत्वको समेत संलग्नता रहेको हुन सक्ने बताइएको छ। 

    दावालाई विभागको टोलीले काठमाडौंको ठमेलस्थित होटल भियनामा छापा मारेर पक्राउ गरेको थियो। सो होटल चिनियाँ आपराधिक गिरोहले सञ्चालन गरेको प्रहरीस्रोतको दाबी छ। यसअघि पनि सो होटलमा प्रहरीले छापा मारी विभिन्न आपराधिक घटनामा संलग्न चिनियाँ नागरिकहरूलाई पक्राउ गरेको थियो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, फाल्गुण २६ २०७७०६:०१:३३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend