आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

बिरामीबाट तंग्रिएका राष्ट्रपति पौडेल पाटन दरबारमा चिरिबाबुलाई छाता ओढाउँदै देखिए

बिरामीबाट तंग्रिएका राष्ट्रपति पौडेल पाटन दरबारमा चिरिबाबुलाई छाता ओढाउँदै देखिए

  • मिडिया डबली
  • शुक्रवार, श्रावण १२ २०८०

  • 2.1K
    SHARES

  • बिरामीबाट तंग्रिएका राष्ट्रपति पौडेल पाटन दरबारमा चिरिबाबुलाई छाता ओढाउँदै देखिए

    काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्यलाभ गरेर सार्वजनिक कार्यक्रममा देखिन थालेका छन् ।

    वैशाख र जेठ महिना धेरैजसो समय अस्पतालमै बिताएका पौडेल अहिले निको हुँदै गएका छन् । एकैपटक छाती, मुटु र पेटमा समस्या देखिएपछि उनको नेपाल र भारतका विभिन्न अस्पतालमा उपचार भएको थियो ।

    उनको छाती र पेटको उपचार नयाँदिल्लीस्थित एम्स अस्पतालमा भएको थियो । मुटुको शल्यक्रिया भने गंगालाल हृदय केन्द्र र मनमोहन कार्डियोथेरासिक प्रत्यारोपण केन्द्रमा गरिएको थियो ।

    मुटुको उपचार गरेर उनी लामो समयसम्म शीतल निवासमै आराम गरेर बसेका थिए । सार्वजनिक कार्यक्रममा त्यति देखिएका थिएनन् । शुक्रबार भने उनी बिहानै ललितपुरको पाटन दरबारमा देखिए ।

    उनले पाटनस्थित कृष्ण मन्दिरको दर्शन गरेका छन् । राष्ट्रपति पौडेलले सुन्दरी चोक, मूलचोक र केशवनारायण चोकसहित पाटन सङ्ग्रहालयको समेत अवलोकन गरेको उनका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।

    सो अवसरमा राष्ट्रपति पौडेललाई पाटन दरबार क्षेत्रमा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले स्वागत गरेका थिए ।

    पौडेल कृष्ण मन्दिर पुग्दा सिमसिम पानी परिरहेको थियो । पौडेलले आफैं कालो छाता बोकेर मेयर महर्जनलाई ओढाएका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र २३ २०७७१०:०२:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend