आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

राष्ट्रपति पौडेलले प्रोटोकल बिर्सेर चिनियाँ नेतालाई भेटेपछि...

राष्ट्रपति पौडेलले प्रोटोकल बिर्सेर चिनियाँ नेतालाई भेटेपछि...

  • मिडिया डबली
  • सोमवार, श्रावण ८ २०८०

  • 2.4K
    SHARES

  • राष्ट्रपति पौडेलले प्रोटोकल बिर्सेर चिनियाँ नेतालाई भेटेपछि...

    काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलले प्रोटोकल बिर्सेर चिनियाँ कम्युनिस्ट पार्टीका केन्द्रीय कमिटीका राजनीति ब्यूरो सदस्य युआन च्या च्युनलाई भेटेका छन्् ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एउटा सामान्य कार्यक्रममा भाग लिन दलबदलसहित इटाली गएपछि नेपाल आएका चिनियाँ नेताले राष्ट्रपति पौडेलसँग आइतबार राष्ट्रपति भवन शीतल निवासमा शिष्टाचार भेटवार्ता गरेका हुन् ।

    भेटवार्तामा पौडेलले ऐतिहासिक कालदेखि नै नेपाल र चीन असल छिमेकी रहेको र यस प्रकारका उच्च तहको भ्रमणले दुई देशबीचको सम्बन्ध अझ सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेका थिए ।

    सो अवसरमा नेपालका लागि चिनियाँ राजदूत चेन सोङसहितको प्रतिनिधिमण्डलका सदस्यको उपस्थिति थियो । परराष्ट्र विज्ञ चालिसे, राष्ट्रपति कार्यालय सचिव डिल्लीराज शर्मा, परराष्ट्र «मन्त्रालयका चाइना डेक्स प्रमुख लोकबहादुर थापालगायतको सहभागिता थियो ।

    युआन श्रीलंका भ्रमण सकेर आइतबार नै काठमाडौँ आइपुगेका हुन् । एउटा सहरको पार्टी सचिव र पोलिटब्युरो सदस्यलाई राष्ट्रपतिले भेटेपछि अहिले त्यसको व्यापक आलोचना भइरहेको छ ।

    यो भेटले पदीय मर्यादा, प्रोटोकलदेखि राजकीय अदब सबै सकिएको टिप्पणी उठेको छ । प्रचण्ड र चिनियाँ नेता युआन च्या च्युनबीच भर्चुअल संवाद भएको थियो ।

    इटालीको भ्रमणमा रहेका प्रधानमन्त्री प्रचण्ड र नेपाल भ्रमणमा रहेका चिनियाँ नेता युआनबीच भर्चुअल संवाद भएको हो । प्रधानमन्त्रीको सचिवालयका अनुसार संवादका क्रममा दुई देशबीचको आपसी हितका विषयमा छलफल भएको उल्लेख छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र २३ २०७७१०:०२:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend