आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

कांग्रेस महामन्त्री शर्माले भने– बोल्दा असर गर्छ भन्ने हेक्का नराख्नु प्रधानमन्त्रीकै गल्ती हो

कांग्रेस महामन्त्री शर्माले भने– बोल्दा असर गर्छ भन्ने हेक्का नराख्नु प्रधानमन्त्रीकै गल्ती हो

  • मिडिया डबली
  • बिहिवार, आषाढ २१ २०८०

  • 2.2K
    SHARES

  • कांग्रेस महामन्त्री शर्माले भने– बोल्दा असर गर्छ भन्ने हेक्का नराख्नु प्रधानमन्त्रीकै गल्ती हो

    काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोल्दा असर गर्छ भन्ने हेक्का नराखेकाले गल्ती गरेको बताएका छन् ।

    भारतीय नागरिक प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटकपटक नयाँ दिल्ली गएको भन्ने प्रचण्डको अभिव्यक्तिलाई लिएर विपक्षी दलले संसद् अवरुद्ध गर्दै राजीनामा मागेका बेला सत्तारुढ दल कांग्रेसका महामन्त्री शर्माले समेत प्रचण्डले नेपालको संसद्ले प्रधानमन्त्री चयन गर्छ भन्ने हेक्का नराखी बोलेको बताएका छन् ।

    बिहीबार सामाजिक सञ्जालमार्फत शर्माले विपक्षी दलको कर्तव्य प्रधानमन्त्रीको राजीनामा माग गर्नु भए पनि आफूले बोल्दा मित्रराष्ट्रहरूको मित्रताको सीमा राख्न प्रचण्ड चुकेको उल्लेख गरेका छन् ।

    ‘गल्ती प्रधानमन्त्रीकै हो । नेपालको प्रधानमन्त्री नेपालको संसदले चयन गर्दछ र गर्ने हो । मित्ररास्ट्रहरुलाई मित्रताकै सीमामा राख्ने कर्तव्य मूलत प्रधानमन्त्रीकै हो । आफ्नो अभिव्यक्तिको गम्भीर अर्थ र असर हुनसक्छ भन्ने हेक्का नराख्नु प्रधानमन्त्रीको गल्ती हो । प्रधानमन्त्रीले गलत बोल्दा या गलत कार्य गर्दा आलोचना गर्ने र प्रश्न उठाउने दायित्व हरेक सांसदको हुन्छ । सत्तारूढले नै प्रश्न गरेका छौं । प्रतिपक्षको त मूल कर्तव्य नै हो,’ उनले लेखका छन् ।

    शर्माले बुधबार संसद्मा सम्बोधन गर्दै प्रधानमन्त्रीको अभिव्यक्तिले सार्वभौम संसद्को अपमान गरेको बताएका थिए । सत्तारुढ दलका नेताहरू कसैले पनि प्रचण्डको अभिव्यक्तिलाई लिएर बोलेका छैनन् । तर कांग्रेस महामन्त्री शर्माले भने स्पष्टसँग आफ्नो भनाइ संसद् र सामाजिक सञ्जालमा राखेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, आश्विन २५ २०७७०१:४४:४२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend