आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
राजनीतिक बिशेष

राष्ट्रपति पौडेलले सानो चित्त देखाउँदा कांग्रेसको साख सखाप

राष्ट्रपति पौडेलले सानो चित्त देखाउँदा कांग्रेसको साख सखाप

  • मिडिया डबली
  • बुधवार, आषाढ २० २०८०

  • 3.0K
    SHARES

  • राष्ट्रपति पौडेलले सानो चित्त देखाउँदा कांग्रेसको साख सखाप

    काठमाडौं - गत वैशाख ५ गते श्वास–प्रश्वासमा समस्या देखिएपछि राष्ट्रपति रामचन्द्र पौडेल त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भएका थिए ।

    लगातार एन्टिबायोटिक चलाउँदा पनि प्रभावकारी नभएको भन्दै वैशाख ६ गते उनलाई भारतको नयाँदिल्लीस्थित अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सेस (एम्स) लगियो ।

    १२ दिनसम्म उपचार गरेर उनी वैशाख १७ मा नेपाल फर्किए । उपचारका लागि एयर एम्बुलेन्सबाट भारत लैजाँदा तथा उपचारका क्रममा राष्ट्रलाई आर्थिक भार परेको भन्दै नागरिकस्तरबाट आलोचना सुरु हुन थाल्यो ।

    त्यही क्रममा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले एक प्रेस नोट जारी गर्दै आफ्नो उपचार खर्च बेहोर्न राष्ट्रपति पौडेललाई आग्रह गरे । लगत्तै वैशाख १९ मा राष्ट्रपतिको स्वकीय सचिवालयले विज्ञप्ति जारी गरी राष्ट्रपतिले नै खर्च व्यहोर्न चाहेको जनाएको थियो ।

    त्यसपछि कांग्रेसका अर्का महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रपति पौडेललाई धन्यवाद दिए । राष्ट्रपतिका प्रेस संयोजक खिला कार्कीले निकालेको विज्ञप्तिमा भनिएको थियो, ‘सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूको स्वास्थ्यमा समस्या देखिएपछि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा उपचारका क्रममा सुधार हुन नसकेपछि चिकित्सकहरूको सुझावअनुसार भारतको नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा उपचार भएको सम्पूर्ण नेपाली दिदीबहिनी, दाजुभाइहरूमा विदितै छ । उपचारका क्रममा भएको खर्च सम्माननीय राष्ट्रपतिज्यू स्वयंले व्यहोर्न चाहेको कुरा जानकारीका लागि अवगत गराइन्छ ।’

    राष्ट्रपति भएलगत्तै सवारी हुँदा सामान्य ढंगले हिँडेर पौडेलले सबैको मन जित्दै आएका थिए । निष्कलंक व्यक्तिको शीतल निवास यात्रा भन्दै उनको प्रशंसा भयो ।

    सरकारको नीति तथा कार्यक्रममा सम्बोधन गर्न जाँदा औपचारिक सवारीमा पनि पौडेल सामान्य तवरले गएका थिए । त्यसमाथि उपचार खर्च आफैंले बेहोर्ने इच्छा जगाएपछि पौडेलको कद झन् अग्लो भएको थियो । यसले नेपाली कांग्रेसको उचाइ र लोकप्रियता वृद्धि गरेको थियो ।

    विगतका राष्ट्रपतिका कार्यशैलीप्रति आजित नेपाली जनताले यसपटक साँच्चिकै जनताको छोरो राष्ट्रपति भएको बताउन थालेका थिए ।

    तर मंगलबार राष्ट्रपति कार्यालयले पौडेलको उपचार खर्चका लागि सरकारसँग खर्च मागेको पत्र सार्वजनिक भएपछि उनको साख एकाएक पातालतिर भासिएको छ ।

    राष्ट्रपति पौडेलले गत वैशाखमा भारतमा उपचार गराउँदा लागेको ५५ लाख दुई हजार दुई सय ७९ रुपैयाँ सरकारले व्यहोर्ने भएको छ । असार १२ को मन्त्रिपरिषद् बैठकले उक्त खर्च सरकारले नै व्यहोर्ने निर्णय गर्दै प्रक्रिया सुरु गरिएको छ ।

    मन्त्रिपरिषद्को निर्णयसँगै परराष्ट्र मन्त्रालयले अर्थ मन्त्रालयलाई उपचार खर्च निकासाका लागि पत्र पठाएको छ । परराष्ट्रका एक अधिकारीका अनुसार मंगलबार अर्थलाई पत्राचार गरिएको गरिएको छ ।

    परराष्ट्रले सचिवस्तरीय निर्णय गरी अर्थलाई ताकेता गरेको हो । सो पत्र सार्वजनिक भएपछि अहिले कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई पहिलेको विज्ञप्ति राखेर सामाजिक सञ्जालमा देख्यौ त तिम्रा सादगी राष्ट्रपति भनेर हुर्मत लिने काम भइरहेको छ । खासगरी एमाले र राजावादीले कांग्रेसको खोइरो खन्न थालेका छन् । जसले गर्दा नेपाली कांग्रेसको साखमै धक्का लागेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र २३ २०७७१०:०२:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend