आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

शीतल निवास सरेपछि राष्ट्रपति झनै सिकिस्त, अझै सात दिन अस्पतालमै

शीतल निवास सरेपछि राष्ट्रपति झनै सिकिस्त, अझै सात दिन अस्पतालमै

  • मिडिया डबली
  • शुक्रवार, आषाढ ८ २०८०

  • 2.8K
    SHARES

  • शीतल निवास सरेपछि राष्ट्रपति झनै सिकिस्त, अझै सात दिन अस्पतालमै
    फाइल तस्बिर

    काठमाडौं - राष्ट्रपतिमा निर्वाचित भएपछिको एक महिना शीतल निवासमा आरामले बसेका रामचन्द्र पौडेल त्यसयता भने सधैं विरामी परेका छन् ।

    कहिले पेट, कहिले छातीमा निमोनिया त कहिले मुटुको रोगले उनलाई सताइरहेको छ । फागुन २५ गते राष्ट्रपति चुनिएका पौडेल वैशाख पहिलो सातादेखि नै बिरामी पर्न थालेका हुन् ।

    त्यसपछि यो साढे दुई महिनामा उनले धेरै समय अस्पतालमै बिताएका छन् । यसबीचमा उनी त्रिवि शिक्षण अस्पताल महाराजगन्ज, भारतको नयाँदिल्लीस्थित एम्स अस्पताल, गंगालाल हृदय रोग केन्द्र तथा मनमोहन कार्डियोथेरासिक ट्रान्सप्लान्ट केन्द्रमा पौडेल भर्ना भई उपचार गराउँदै आएका छन् ।

    ८० वर्षीय पौडेल राष्ट्रपति निर्वाचित हुनुअघि त्यति विरामी देखिएका थिएनन् । तर शीतल निवास सरेलगत्तै कसरी सबै रोग एकैचोटि देखियो भन्ने अहिले सर्वत्र चासो उत्पन्न भएको छ ।

    राष्ट्रपतिको उपचार खर्च राज्यले नै बेहोर्ने परम्परा छ । भारतमा गरेको उपचार खर्च भने उनी आफैंले तिर्ने मनशाय व्यक्त गरेका छन् ।

    भारतमा दुई साता उपचार गराएर फर्केका पौडेलको अहिले स्वास्थ्य अवस्था सामान्य हुँदै गएको छ । मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ट ट्रान्सप्लान्ट सेन्टरमा पेसमेकर हालेपछिको चार दिनपछि उनको स्वास्थ्यमा सुधार आएको बताइएको छ । राष्ट्रपतिलाई सेन्टरको सिसियुको बेड नम्बर २१५ मा राखिएको छ ।

    कम्तीमा एक साता मुटुको चालको मनिटरिङ गर्नुपर्ने भएकाले उनलाई त्यहाँ राखिएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन् । पौडेलको दुई साताअघि गंगालाल अस्पतालमा मुटुको भल्भ खोलिएको थियो ।

    गत वैशाखमा नयाँ दिल्लीमा छातीको इन्फेक्सनको उपचार गर्नुअघि उनको शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरेर पेटको उपचार गरिएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र २३ २०७७१०:०२:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend