काठमाडौं - अस्पतालमा भर्ना भएको पाँच दिनपछि राष्ट्रपति रामचन्द्र पौडेलको मुटुको शल्यक्रिया गरिएको छ ।
महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा राष्ट्रपति पौडेलको मुटुको शल्यक्रिया गरिएको हो । अहिले उनको मुटुमा पेसमेकर राखिएको स्रोतले जनाएको छ ।
चिकित्सकले पौडेलको मुटुको चालमा समस्या आएको जानकारी गराएका थिए । पौडेलको मुटुको चालमा समस्या देखिएपछि गएको शुक्रबार राति अस्पतालमा भर्ना गरिएको थियो ।
त्यसअघि उनको बाँसबारीस्थित गंगालाल हृदय रोग केन्द्रमा मुटुको एन्जियोप्लास्टी गरिएको थियो । अहिले उनको स्वास्थ्य अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।
अस्पतालले चार दिनसम्म पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको र चिकित्सकले मुटुको निगरानी गरिरहेको सूचनामार्फत जानकारी गराएको थियो । सामान्य हृदयाघात भएपछि पौडेललाई गंगालाल अस्पताल भर्ना गरिएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।