काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था अझै स्थिर रहेको छ ।
शिक्षण अस्पताल मनमोहन कोर्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका अनुसार शनिबार बिहानदेखि भर्ना भएका राष्ट्रपति पौडेलको स्वास्थ्य स्थिति स्थिर रहेको र चिकित्सकहरूले उनको मुटुको निगरानी गरिरहेका छन् ।
मुटुमा पुनः समस्या आएपछि शनिबार बिहानै पौडेललाई महाराजगन्जस्थित मनमोहन कोर्डियोथेरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको थियो ।
केही दिनअघि मात्रै उनलाई माइनर हृदयाघात भएपछि बाँसबारीस्थित गंगालाल हृदय केन्द्रमा भर्ना गरी उपचार गरिएको थियो । उनको मुटुमा एन्जियोप्लास्टी गरेर २४ घन्टाको निगरानीपछि डिस्चार्ज गरिएको थियो ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।