काठमाडौं - राष्ट्रपति रामचन्द्र पौडेल डिस्चार्ज भएका छन् । उनी बुधबार बिहान ८ बजे बाँसबारीस्थित सहिद गंगालाल हृदय केन्द्रबाट डिस्चार्ज भएको अस्पतालले जानकारी दिएको छ ।
नियमित स्वास्थ्य परीक्षणका लागि अस्पताल भर्ना गरिएका उनलाई २४ घन्टा अब्जर्भेसनमा राखिएको थियो । उनको मुटुमा समस्या देखिएकाले एन्जियोप्लास्टी गरिएको छ । हृदयाघात भएका बिरामीलाई एन्जियोप्लास्टी गरिन्छ ।.
मंगलबार बिहान अचानक मुटुमा समस्या देखिएपछि उनलाई अस्पताल लगिएको थियो । गंगालाल अस्पतालका कार्यकारी निर्देशक डा.चन्द्रमणि अधिकारीको टिमले उनको उपचार गरेको थियो । अहिले राष्ट्रपति पौडेलको अवस्था सामान्य रहेको बताइएको छ ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।