शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images

कांग्रेस निकट डिएलएले पायो नयाँ नेतृत्व, अध्यक्षमा सीताराम केसी निर्वाचित

कांग्रेस निकट डिएलएले पायो नयाँ नेतृत्व, अध्यक्षमा सीताराम केसी निर्वाचित

  • मिडिया डबली
  • आइतवार, जेठ २८ २०८०

  • 2.2K
    SHARES

  • कांग्रेस निकट डिएलएले पायो नयाँ नेतृत्व, अध्यक्षमा सीताराम केसी निर्वाचित

    काठमाडौं - नेपाली कांग्रेस निकट लोकतान्त्रिक लएर्स एसोसिएसन (डिएलए) मा नयाँ नेतृत्व आएको छ ।

    बिहान सकिएको मतगणनाअनुसार अध्यक्षमा सीताराम केसी निर्वाचित भएका छन् । चितवनको भरतपुरमा सम्पन्न डिएलएको ११औं महाधिवेशनबाट अध्यक्षमा विजयी केसीले ६५३, अर्का प्रत्यासी लक्ष्मी दाहाल रावलले १७७, स्वतन्त्र उमेद्वार लक्ष्मण थपलिया ५५, केदार कार्की १३० र कृष्ण घिमिरे भुषणले ५३ मत पाए ।

    डिएलएको महाधिवेशनमा कांग्रेस केन्द्रमा जस्तै दुईवटा प्यानल खडा भएको थियो । वरिष्ठ उपाध्यक्षमा जगन्नाथ ढकाल, प्रदेशअन्तर्गत उपाध्यक्षतर्फ कोसीमा कविता बस्नेत, मधेसमा रमानन्द साह, बागमतीमा जनकराज श्रेष्ठ, गण्डकीमा भूमिश्वर शर्मा गौतम, लुम्बिनीमा विष्णुप्रसाद धिताल, कर्णालीमा पदमबहादुर शाही र सुदूरपश्चिम गंगाराम उपाध्याय निर्वाचित भएका छन् ।

    महिला उपाध्यक्षमा कविता थापा कार्की, महासचिवमा ज्ञानेन्द्रप्रसाद अधिकारी, सचिवमा शिवप्रसाद रेग्मी, सचिव धनमाया राना, कोषाध्यक्ष हरिबहादुर बस्नेत निर्वाचित भएका छन् ।

    आरक्षित केन्द्रीय सदस्यतर्फ अफताव आलम, गोविन्दराम परियार, प्रवीण महर्जन, सतेन्द्र प्रजापती, अमितकुमार कर्ण, खुला सदस्य पुरुषमा सुनिल पाण्डे, दिपेन्द्र अधिकारी, प्रदीप कार्की, दामोदर तिम्सिना , किरण पौडेल, चक्रबहादुर थापा निर्वाचित भएका छन् ।

    कोसी प्रदेशबाट दुर्गाप्रशाद पोखरेल, मधेसबाट प्रज्वल अधिकारी, बागमतीबाट विनोद अधिकारी, गण्डकीबाट हरिप्रसाद रेग्मी, लुम्बिनीबाट हरिप्रसाद पन्त, कर्णालीबाट विष्णुकुमारी शर्मा र सुदूरपश्चिमबाट भरतबहादुर सिंह निर्वाचित भएका छन् ।

    खुला सदस्य महिलातर्फ सीता रेग्मी योन्जन, मन्दिरा अधिकारी, बसुन्धारा थापा, मनमाया पाठक, अमल राज शाही र विष्णु खनाल छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, जेठ २८ २०८००१:०६:४४

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend