आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

सभापतिले गर्छन् भनेर अब बाटो हेरेर नबस्ने गगन थापाको घोषणा

सभापतिले गर्छन् भनेर अब बाटो हेरेर नबस्ने गगन थापाको घोषणा

  • मिडिया डबली
  • बिहिवार, जेठ २५ २०८०

  • 3.3K
    SHARES

  • सभापतिले गर्छन् भनेर अब बाटो हेरेर नबस्ने गगन थापाको घोषणा

    काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अब पार्टी सभापति शेरबहादुर देउवाको बाटो हेरेर नबस्ने बताएका छन् ।

    बिहीबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । ‘सभापतिले गर्नुहुन्छ भनेर बाटो हेरेर बस्दैनौं,’ उनले भने।सभापतिको एकल अधिकार बाहेकका कुनै पनि काम अब बाँकी नराखी अगाडि बढ्ने उनले दाबी गरे ।

    ‘कति काम पार्टीको सभापतिले मात्रै गर्न पाउने व्यवस्था छ । केन्द्रीय कमिटीको बैठक सभापतिले मात्रै बोलाउनु पाउनुहुन्छ । मैले बोलाएँ भने पार्टी अप्ठ्यारोमा पर्छ । तर लामो समयदेखि बैठक बसेको छैन । हामीले सभापतिलाई बैठक बोलाउनुहोस् भनेर दबाब दिनुपर्छ,’ उनले भने ।

    पार्टीका साथीहरूले दुईजना महामन्त्रीबाट आशा राख्नु स्वाभाविक भएको उनले बताए । ‘जुन तरिकाले प्रयास गरेका थियौं, त्यसको परिणाम देखिएको छैन, पार्टी शुद्धीकरणका लागि अब नयाँ तवरबाट अगाडि बढ्छौं,’ उनले भने । भदौमा हुने नीति अधिवेशनले पार्टीमा देखिएका समस्यालाई सम्बोधन गर्ने उनको भनाइ छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आश्विन २२ २०७७०७:०३:५९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend