शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images

नागरिकता विधेयक : विपक्षी दलहरू विरोधमा, सत्तापक्ष स्वागतमा

नागरिकता विधेयक : विपक्षी दलहरू विरोधमा, सत्तापक्ष स्वागतमा

  • मिडिया डबली
  • बुधवार, जेठ १७ २०८०

  • 4.5K
    SHARES

  • नागरिकता विधेयक : विपक्षी दलहरू विरोधमा, सत्तापक्ष स्वागतमा

    काठमाडौैं - नागरिकता विधेयक प्रमाणीकरण भएसँगै यतिबेला विभिन्न दल र तिनका नेताहरूले आ–आफ्नो धारणा सार्वजनिक गर्ने क्रम सुरु भएको छ ।

    विधेयकबारे पार्टीहरूले औपचारिक रूपमा नबोले पनि नेताहरूको प्रतिक्रिया आउने क्रम जारी छ । एमाले नेताहरू सुवासचन्द्र नेम्वाङ, शंकर पोखरेल, योगेश भट्टराई, प्रदीप ज्ञवाली, गोकुल बास्कोटा, महेश बस्नेत, विष्णु रिजाललगायतले राष्ट्रपतिले नागरिकता विधेयक हतारमा प्रमाणीकरण गरेर संविधानको उल्लंघन गरेको आरोप लगाएका छन् ।

    नेपाली कांग्रेस र माओवादीले औपचारिक रूपमा केही बोलेका छैनन् । दुवै दल सरकारमा छन् । कांग्रेसका नेता विमलेन्द्र निधिले स्वागत गरेका छन् । जसपा अध्यक्ष उपेन्द्र यादवले राष्ट्रपति रामचन्द्र पौडेललाई बधाई दिएका छन् ।

    राप्रपा नेपालका अध्यक्ष कमल थापाले राष्ट्रपतिले राष्ट्रघात गरेको आरोप लगाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टीमा भने नागरिकता विधेयक प्रमाणीकरणबारे स्पष्ट दुई धार देखिएको छ ।

    सभापति रवि लामिछाने नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा उत्रिएका छन् । संसदमा छलफल नगराई विधेयक पारित गराएको भन्दै उनले आपत्ति जनाएका छन् ।

    ‘नयाँ जनादेशबाट नयाँ संसद बनेको ६ महिना भइसक्दा पनि संसदमा छलफल नगराई, यसरी पुरानै विधेयक सरकारले राष्ट्रपतिबाट प्रमाणीकरण गराउनु राष्ट्रपति जस्तो सम्मानीत संस्थाको गरिमा विपरीत, लोकतान्त्रित संसदीय मूल्य मान्यता र राष्ट्रहितविरूद्ध छ,’ रविको टिप्पणी छ । तर सोही पार्टीका सांसद मनिष झाले भने नागरिकता विधेयक प्रमाणीकरण भएकोमा खुसी व्यक्त गरेका छन् ।

    उनले सबैले संवैधानिक अधिकारी प्रयोग गर्न पाउनुपर्ने भन्दै राष्ट्रपति पौडेलले विधेयक प्रमाणीकरण गरेर ठीक गरेको उल्लेख गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, जेठ १७ २०८००३:३०:५३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend