आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

नागरिकता विधेयक प्रमाणीकरण, करिब सात लाख युवालाई नागरिकता बनाउन बाटो खुल्यो

नागरिकता विधेयक प्रमाणीकरण, करिब सात लाख युवालाई नागरिकता बनाउन बाटो खुल्यो

  • मिडिया डबली
  • बुधवार, जेठ १७ २०८०

  • 4.0K
    SHARES

  • नागरिकता विधेयक प्रमाणीकरण, करिब सात लाख युवालाई नागरिकता बनाउन बाटो खुल्यो

    काठमाडौं - तत्कालीन गृहमन्त्री बालकृष्ण खाणको अथक प्रयासमा संघीय संसद्का दुवै सदनले दुईपटक पारित गरेको नागरिकता विधेयक प्रमाणीकरण भएर कानुन बनेको छ । राष्ट्रपति रामचन्द्र पौडेलले नागरिकता विधेयक प्रमाणीकरण गरेका छन् ।

    बुधबार बिहान उनले विधेयक प्रमाणीकरण गरेका हुन् । यसअघि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण रोकेकी थिइन् ।

    एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारका पालामा संसद्का दुवै सदनबाट पारित भएको नागरिकता विधेयक ०७९ साउन १६ मा तत्कालीन राष्ट्रपति भण्डारीसमक्ष प्रमाणीकरणका लागि पठाइएको थियो । तर, भण्डारीले विधेयकमा असहमति जनाउँदै संसद्लाई फिर्ता पठाएकी थिइन् ।

    वर्तमान सरकारले १२ जेठमा राष्ट्रपति पौडेललाई नागरिकता विधेयक प्रमाणीकरण गर्न राष्ट्रपति पौडेलसमक्ष पेस गरेको थियो । जसअनुसार राष्ट्रपति पौडेलले आज उक्त विधेयक प्रमाणीकरण गरेका हुन् ।

    योसँगै नागरिकता नपाएर छटपटाइरहेका करिब सात लाख युवालाई नागरिकता बनाउने बाटो खुलेको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारत भ्रमण जाने केही घन्टाअघि मात्रै नागरिकता विधेयक प्रमाणीकरण भएको हो ।

    nagrikata.png

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, भाद्र २३ २०७७१०:०२:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend