शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images
राजनीतिक बिशेष

सिंहदरबारमा प्रचण्ड, देउवा र ओलीबीच छलफल जारी

सिंहदरबारमा प्रचण्ड, देउवा र ओलीबीच छलफल जारी

  • मिडिया डबली
  • शनिवार, जेठ १३ २०८०

  • 2.9K
    SHARES

  • सिंहदरबारमा प्रचण्ड, देउवा र ओलीबीच छलफल जारी

    काठमाडौं - सङ्घीय संसदको प्रतिनिधि सभा बैठकलाई सुचारु गर्ने विषयमा शीर्ष नेताहरू छलफलमा जुटेका छन् ।

    प्रधानमन्त्रीको सरकारी कार्यालय सिंहदरबारमा भएको छलफलमा तीन ठुला दलका शीर्ष नेताहरू सहभागी भएका हुन् ।

    छलफलमा माओवादी केन्द्रको तर्फबाट भने प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र प्रमुख सचेतक हितराज पाण्डे रहेका छन् भने एमालेको तर्फबाट अध्यक्ष केपी शर्मा ओली र प्रमुख सचेतक पदम गिरी सहभागी भएका हुन् ।

    त्यसैगरी नेपाली कांग्रेसको तर्फबाट सभापति शेरबहादुर देउवासँगै उपसभापति पूर्णबहादुर खड्का र प्रमुख सचेतक रमेश लेखक सहभागी भएका बताइएको छ।

    शुक्रबार प्रतिनिधिसभाको बैठकमा एमालेले अवरोध गरेपछि शनिबार लागि बैठक बोलाइएको हो । बैठक शनिबार दिउँसो ४ बजेदेखि सुरु हुनेछ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend