काठमाडौं - प्रमुख प्रतिपक्षी दल एमालेले प्रतिनिधिसभा बैठक अवरोध गरेको छ । शुक्रबार प्रतिनिधिसभा बैठक सुरु भएलगत्तै एमाले सांसदहरूले उठेर सदनको कामकारबाही अवरोध गरेको हो ।
माओवादी सांसद राजन दाहालले पशुपतिमा सुनको जलारी भनेर पितलको जलारी चढाएर एमाले अध्यक्ष केपी ओलीले भ्रष्टाचार गरेको आरोप लगाएपछि एमाले सांसदहरूले आपत्ति जनाउँदै बैठक सञ्चालन गर्न नदिएका हुन् ।
एमाले सांसदहरू आ–आफ्नो ठाउँबाट उठेपछि एमाले प्रमुख सचेतक पदम गिरीलाई सभामुखले बोल्न समय दिए।
गिरीले पशुपतिको मन्दिरको गजुरका विषयमा एमालेलाई आधारहीन आरोप सत्तापक्षीय सांसदले लगाएकोमा उक्त रेकर्ड हटाउनुपर्ने र सांसदले माफी माग्नुपर्ने अडान राखेका थिए।
एमाले दलका उपनेता सुवासचन्द्र नेम्वाङले सत्तापक्षकै सांसदले गम्भीर आरोप लगाएकाले यसको रफादफा नगरी संसद् चल्न नसक्ने स्पष्ट पारे । सभामुख देवराज घिमिरेले पटक पटक सांसदहरूलाई बस्न आग्रह गरे पनि एमाले सांसदहरू मानेनन् ।
माओवादीका प्रमुख सचेतक हितराज पाण्डेलाई सभामुखले बोल्न समय दिएपछि एमाले सांसदहरू रोस्ट्रम घेराउ गर्न पुगेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।