सोमवार, जेठ १५ २०८०May 29 2023

Logo
images

देशव्यापी अभियान चलाउने तयारीमा कांग्रेस महामन्त्री थापा

देशव्यापी अभियान चलाउने तयारीमा कांग्रेस महामन्त्री थापा

  • मिडिया डबली
  • बिहिवार, जेठ ११ २०८०


  • देशव्यापी अभियान चलाउने तयारीमा कांग्रेस महामन्त्री थापा

    काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापा कार्यकर्ताको मत बुझ्न भन्दै देशव्यापी अभियान चलाउने तयारीमा छन् ।

    आगामी आर्थिक वर्षको बजेट आएलगत्तै उनी देश दौडाहमा जाने भएका हुन् । महामन्त्री थापाले वैशाख २४ गते ‘अब त अति भो’ भन्दै विद्रोहको शंखघोष गरेका थिए । उनले त्यसो भनेको दुई साताभन्दा बढी भइसकेको छ ।

    images
    images

    यसबीचमा नक्कली शरणार्थी प्रकरण र सरकारको नीति तथा कार्यक्रमले गर्दा थापा बाहिर निस्कन सकेका छैनन् । संसदीय फाँटका काम चाँडै टुंग्याएर लामो समय काठमाडौंबाट बाहिर निस्केर एकपटक देशभर घुम्ने तयारीमा आफू रहेको उनले बताएका छन् ।

    काठमाडौंमा बसेर नियमित कामकारबाहीबाट अहिलेको समस्याको समाधान निकाल्न सकिए पनि संकटबाट कांग्रेसलाई पार लगाउन नसकिने निष्कर्षसहित आफू अभियानमा निस्कन लागेको उनको भनाइ छ ।

    सभापति शेरबहादुर देउवाबाट अब कांग्रेस चल्न नसक्ने उनको निष्कर्ष छ । पार्टी हजारौं वडा, तीन सयभन्दा बढी स्थानीय तहको नेतृत्वमा, ६ वटा प्रदेश सरकार र केन्द्रीय सरकारमा सहभागी भए पनि कार्यकर्तामा कुनै उत्साह नदेखिएको उनको भनाइ छ ।

    महामन्त्री थापाले अब आफू सभापति बने वा नबने पनि पार्टीको भविष्य र कार्यकर्ता शुभेच्छुका लागि पनि बोल्ड निर्णय गर्नुपर्ने अवस्थामा पुगेको बताउँछन् ।

    लामो समयदेखि पार्टीमा देखिएका समस्या समाधानका लागि केन्द्रीय कार्यसमिति बैठक बोलाउन सभापति देउवाले अस्वीकार गर्दै आएका छन् ।

    त्यसैले लोकतान्त्रिक पार्टीका सभापतिबाट भएका अलोकतान्त्रिक कदमविरुद्ध कार्यकर्ताको मत बुझ्न भन्दै देशव्यापी अभियान चलाउने तयारीमा महामन्त्री थापा  जुटेका हुन् ।

    उनले यो अभियानलाई पार्टी रूपान्तरण संघर्षका रूपमा लिएका छन् । कांग्रेसमा अहिलेजस्तो संकटको अवस्था यसअघि कहिल्यै नदेखिएको उनको भनाइ छ ।

    ‘संघ, प्रदेशको सरकारमा कांग्रेस छ । तीन सयभन्दा बढी स्थानीय तह कांग्रेसले जितेको छ । हजारौं वडामा कांग्रेसको नेतृत्व छ । यो त एक प्रकारले ‘सेलिब्रेसन’ गर्ने बेला हो तर पार्टीका सदस्यहरूमा छटपटी, निराशा, व्याकुलता र आक्रोश छ,’ थापा भन्छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, आश्विन २२ २०७७०६:०३:५९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री
    • सन्जिब न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend