शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images

रोस्टममा उभिएर किरण साहले भने - सनातन हिन्दु राष्ट्र जिन्दावाद!

रोस्टममा उभिएर किरण साहले भने - सनातन हिन्दु राष्ट्र जिन्दावाद!

  • मिडिया डबली
  • बुधवार, जेठ १० २०८०

  • 3.7K
    SHARES

  • रोस्टममा उभिएर किरण साहले भने - सनातन हिन्दु राष्ट्र जिन्दावाद!

    काठमाडौं- प्रतिनिधि सभा सदस्य किरण कुमार साहले संसद्‌को बुधबारको बैठकका क्रममा मुलुकमा भइरहेको धर्मान्तरणप्रति चिन्ता व्यक्त गरेका छन्।

    बुधबार रोस्टममा उभिएर साहले भने, 'कोही जनयुद्ध जिन्दावाद भन्‍नुहुन्छ, कोही जय नेपाल भन्‍नुहुन्छ, कोही लालसलाम भन्‍नुहुन्छ, कोही कमरेड भन्‍नुहुन्छ तर म यही रोस्टमबाट भन्छु कि सनातन हिन्दु राष्ट्र नेपाल जिन्दावाद भन्‍न चाहन्छु।'

    सरकारले आफ्नो नीति तथा कार्यक्रममा बुँदा नम्बर ७ मा संविधान कार्या न्वयन उत्साहजनक रहेको उल्लेख गरेको भए पनि त्यसमा सत्यता नभएको उनको दाबी छ। उनले भने, 'म सरकारलाई संविधानको धारा ४ स्मरण गराउन चाहन्छु। जहाँ लेखिएको छ, 'धर्म निरपेक्षता भन्नाले सनातनदेखि चलिआएको धर्म संस्कृतिलाई संरक्षण साथै धर्म र संस्कृतिको स्वतन्त्रता सम्झिनुपर्छ'।

    तर, के हामी भयरहित वातवरणमा सनातन धर्म संस्कृति मनाउन सकिरहेका छौं? पछिल्लो समय भयरहित वातावरणमा सनातन धर्म मान्‍नेहरुले आफ्नो पर्व मनाउनसमेत त्रसित हुनुपर्ने स्थिति सिर्जना भएकोतर्फ उनले सरकारको ध्यानाकर्षण गराएका छन्।

    उनले भनेका छन्, 'रौतहट, कपिलवस्तु, धनुषा, महोत्तरी, बाँकेलगायतका जिल्लाहरुमा लगातार अतिवादी शक्तिहरुद्वारा दुर्गापूजा, छठ, कलशयात्रा, सरस्वती पूजा, रामनवमीजस्ता पर्वहरु मनाइरहँदा आक्रमण गर्ने कार्यहरु भइरहेका छन्।'

    'सनातन भन्‍नाले मैले हिन्दु मात्र भन्‍ने अर्थ नलगाइयोस्। यसमा हिन्दु, बौद्ध, किराँतलगायतका अन्य धर्म मान्‍नेहरुमा पनि धर्मान्तरणको व्यापक वृद्धि भइरहेको छ,' उनले थप प्रश्‍न गरे, 'यसरी राष्ट्रिय संस्कृति र सभ्यता नै खतरामा परेको बेला के यो विषय सरकारको नीति तथा कार्यक्रमको प्राथमिकतामा पर्नु हुँदैन? त्यसैले यो रोस्टममा मैले सनातन हिन्दु राष्ट्र जिन्दावादको नारा लगाएको हो।'

    सांसद साहले नीति तथा कार्यक्रममा कतिपय प्रशंसनीय कुराहरु उल्लेख भए पनि आर्थिक संकट समाधानको ठोस पहल हुने किसिमले व्यवस्था नगरिएको देख्‍दा निराशा उत्‍पन्‍न भएको बताए।

    सरकारले नीति तथा कार्यक्रमको बुँदा ५ मा सरकारले कार्यभार सम्हालेको पाँच महिनामा आर्थिक परिसूचक सुधार हुँदै गएको उल्लेख गरेको छ।

    उक्त बुँदाले अर्थतन्त्रलाई परनिर्भर बनाउने सोंचको परिकल्पना गरिएको उनको गुनासो छ। यो नीति तथा कार्यक्रममा आत्मनिर्भर अर्थतन्त्रको कुनै परिकल्पना नगरिएको उनको भनाइ छ। उनले ग्रामिण क्षेत्रका उत्पादनलाई बजारीकरण र स्वरोजगारको वातावरण सिर्जना गर्नुपर्ने बताएका छन्।

    रौतहट २ बाट निर्वाचित सांसद साहले पहिलो पटक संसद्मा सम्बोधनको अवसर पाएका हुन्। उनले आज लोकतन्त्रको मन्दिरमा पहिलोचोटी बोल्न पाएको उल्लेख गर्दै आफूलाई विश्‍वास गरी मतदान गरी विजयी गराउने रौतहट-२ का मतदातालाई धन्यवाद दिएका छन्।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, जेठ १० २०८००९:१२:०९

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend