शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images

मधेस प्रदेशमा कांग्रेसबाट कृष्ण र वीरेन्द्र मन्त्री बन्दै

मधेस प्रदेशमा कांग्रेसबाट कृष्ण र वीरेन्द्र मन्त्री बन्दै

  • मिडिया डबली
  • मंगलवार, जेठ ९ २०८०

  • 1.9K
    SHARES

  • मधेस प्रदेशमा कांग्रेसबाट कृष्ण र वीरेन्द्र मन्त्री बन्दै

    काठमाडौं - नेपाली कांग्रेस मधेस प्रदेश सरकारमा सहभागी हुने भएको छ । केन्द्रको समीकरणअनुसार एमालेले समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएपछि कांग्रेससहितका दल सरकारमा जान लागेका हुन् ।

    मधेस प्रदेशमा जसपाका सरोज यादव मुख्यमन्त्री छन् । कांग्रेस मधेस प्रदेश संसदीय दलका नेता कृष्णप्रसाद यादवको नेतृत्वमा सरकारमा सहभागी हुन लागेको हो ।

    यादवले भौतिक पूर्वाधार विकास मन्त्री र स्वास्थ्य तथा जनसङ्ख्यामन्त्रीको रूपमा वीरेन्द्रप्रसाद सिंहले मंगलबार बिहान ११ बजे शपथ लिने कार्यक्रम रहेको मुख्यमन्त्रीका स्वकीय सचिव लालबाबु यादवले जानकारी दिए ।

    माओवादी, लोसपा र एकीकृत समाजवादी सरकारमा सहभागी हुने विषय टुंगिन बाँकी नै छ । सोमबार सत्तारुढ गठबन्धन दलको बैठकमा सरकारमा सहभागी हुने सैद्धान्तिक सहमति भए पनि मन्त्रालयको भागबन्डा गरिएको थिएन ।

    कांग्रेस सरकारमा आजै सहभागी हुने भएपछि माओवादी भने अन्योलमा परेको छ । कांग्रेसले साढे दुई वर्ष मधेस सरकारको नेतृत्व गर्ने आन्तरिक सहमति भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, जेठ ९ २०८०११:०३:३२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend