शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images
नक्कली भुटानी शरणार्थी प्रकरण

नक्कली शरणार्थी प्रकरणमा सक्कली भुटानी खोरमा

नक्कली शरणार्थी प्रकरणमा सक्कली भुटानी खोरमा

  • मिडिया डबली
  • शुक्रवार, जेठ ५ २०८०

  • 4.4K
    SHARES

  • नक्कली शरणार्थी प्रकरणमा सक्कली भुटानी खोरमा

    काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा सक्कली भुटानी नै पक्राउ परेका छन् ।

    भुटानी शरणार्थीले ‘नेल्सन मण्डेला’ को उपमा दिएका टेकनाथ रिजाल नै यो प्रकरणमा समातिएपछि चौतर्फी सन्नाटा छाएको छ ।

    प्रहरीका अनुसार रिजालले नक्कली भुटानी शरणार्थी बनाउन बिचौलियासँग रकम नै बुझेका थिए । प्रहरी हिरासतमा रहेका सानु भण्डारी र सागर राईले धन्दामा रिजाल पनि संलग्न रहेको बयान सुरुमै दिएका थिए ।

    रिजालले धन्दाका क्रममा सात लाख रुपैयाँ बुझेको विवरण प्रहरीले भण्डारीकै डायरीमा फेला पारेको थियो । तर, प्रहरीले उनलाई पक्राउ गर्ने प्राथमिकतामा राखेको थिएन ।

    पछि रिजालले रकम बुझेको बैंक ‘स्टेटमेन्ट’ नै फेला पारेपछि मात्रै प्रहरीले उनलाई पक्राउ गरेको हो । रिजालले नेपाल सरकारबाट दैनिक भरणपोषणका लागि भन्दै प्रत्येक वर्ष १३ लाख रुपैयाँ भत्ता बुझ्दै आएका छन् ।

    त्यसबाहेक गाडी र सुरक्षागार्डको सुविधासमेत पाएका थिए । ०६२÷६३ कोे आन्दोलनपछि उनलाई नेपाल सरकारले उक्त सुविधा दिँदै आएको हो । भुटानमा छँदा उनी भुटान पिपुल्स पार्टीका अध्यक्ष बनेका थिए ।

    भुटानी शरणार्थीको सवालमा भुटानी राजाको विरोधमा उत्रिएका उनी सन् १९८९ मा नेपाल आएका थिए । त्यही वेला उनलाई तत्कालीन नेपाल सरकारले पक्राउ गरेर भुटानलाई जिम्मा लगाएको थियो ।

    उनीविरुद्ध जन्मकैदको फैसला भएको थियो । १० वर्षको जेलजीवनपछि उनलाई भुटानी राजाले माफी दिएका थिए । त्यसपछि रिजाल नेपाल आएका थिए ।

    पछिल्लो समय नेपालमै बस्दै आएका रिजाल पनि बिचौलियासँग मिलेको पाइएको छ । उनले नक्कली शरणार्थीलाई भुटानी भएको प्रमाणीकरण गर्ने गरेको स्रोतले बताएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, जेठ ५ २०८००२:३१:३५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend