काठमाडौं - सरकारमै बसेर पाँच दिने नेपाल बन्दको घोषणा गर्ने नागरिक उन्मुक्ति पार्टीले पदाधिकारी बैठक बोलाएको छ ।
बैठक बिहीबार दिउँसो १ बजे काठमाडौंमा बस्न लागेको छ । पार्टीका संस्थापक रेशमलाल चौधरीलाई जन्मकैदको सजाय सदर गर्ने सर्वोच्च अदालतको आदेश आएको भोलिपल्ट बुधबार नागरिक उन्मुक्तिले पत्रकार सम्मेलन गरी लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै आन्दोलनको कार्यक्रम घोषणासमेत गरिसकेको छ ।
यसै विषयमा थप छलफलका लागि उन्मुक्तिले पदाधिकारी बैठक बोलाएको हो। नागरिक उन्मुक्ति केन्द्रमा मात्र होइन, प्रदेश सरकारमा पनि सहभागी छ ।
सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने विषयमा पनि आजको बैठकमा छलफल हुने भएको छ । नागरिक उन्मुक्तिले सरकारलाई दिएको समर्थन फिर्ता लिने विषयमा निर्णय गर्न सक्ने आकलन पनि गरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।