काठमाडौं -नक्कली भुटानी शरणार्थी प्रकरणमा फरार एमाले नेता टोपबहादुर रायमाझी पक्राउ परेका छन् ।
आइतबार साँझ बुढानीलकण्ठको पासीकोटबाट उनलाई नियन्त्रणमा लिइएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ ।
नक्कली शरणार्थी प्रकरणमा संलग्न रहेको आरोपमा राउमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको थियो ।
छोरा सन्दीप रायमाझी भैरहवामा पक्राउ परेलगत्तै टोपबहादुर फरार भएका थिए ।
फरार भएको ११ औं दिनमा प्रहरीले उनलाई पक्राउ गरेको हो
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।