शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images

अब प्रेम राई, बादल र राजेश बज्राचार्यको पालो

अब प्रेम राई, बादल र राजेश बज्राचार्यको पालो

  • मिडिया डबली
  • बुधवार, बैशाख २७ २०८०

  • 10.3K
    SHARES

  • अब प्रेम राई, बादल र राजेश बज्राचार्यको पालो

    काठमाडौं - नक्कली शरणार्थी प्रकरणमा अहिलेसम्म प्रहरीले १४ जनालाई पक्राउ गरेको छ ।

    एमाले सचिव टोपबहादुर रायमाझी र रामबहादुर थापा बादलका छोरा प्रतीक थापा फरार छन् ।

    आठ सय ७५ जना नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने घटनामा १० अर्बभन्दा बढीको खेलोफड्को भएको प्रहरीको अनुमान छ ।

    आफूसँग पैसा लिएर पनि अमेरिका नपठाएको भन्दै एक सय ४६ जनाले प्रहरीमा उजुरी दिएका छन् ।

    सोही उजुरीका आधारमा प्रहरीले नेता, बिचौलिया र कर्मचारीलाई पक्राउ गरिरहेको छ ।

    एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएका बेला छुटेका भुटानीलाई अमेरिका पठाउने भन्दै नीतिगत निर्णय गरिएको थियो ।

    त्यसबेला गृहमन्त्री रामबहादुर थापा बादल गृहमन्त्री थिए । गृहसचिव प्रेमकुमार राई थिए ।

    राई अहिले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त छन् । उनी पनि अनुसन्धानको दायरामा आएका छन् । तर, प्रहरीले उनलाई पक्राउ गरिसकेको छैन ।

    उनको यो प्रकरणमा प्रत्यक्ष संलग्नता रहेको देखिएको छ । भुटानी शरणार्थी प्रकरणको फाइल अघि बढाउने बादल अहिले एमाले उपाध्यक्ष छन् ।

    उनका छोरा प्रतीक थापा फरार छन् । उनी गृहमन्त्री हुँदा रहेका पूर्वसुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परिसकेकाले बादललाई पक्राउ पुर्जी जारी गर्ने तयारी भएको छ ।

    त्यस्तै, एमाले अध्यक्ष केपी ओलीका स्वकीय सचिव राजेश बज्राचार्यमाथि पनि प्रहरीले सूक्ष्म ढंगले अनुसन्धान गरिरहेको छ ।

    शरणार्थी प्रकरणमा बज्रचार्य पनि मुछिएको थाहा पाएपछि ओली यो केसलाई सामसुम बनाउन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दबाब दिन लागिपरेका छन् ।

    बादल, राई र राजेश सबैजना ओलीका विश्वासपात्र भएकाले पनि उनमा छटपटी बढेको हो ।

    प्रहरीले स्रोतले अब यी तीनैजना पक्राउ पर्न सक्ने बताएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, बैशाख २७ २०८००६:१८:३७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend