सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images
आजको बिशेष

अब हरेक भ्रष्टाचारका फाइल खुल्ने संकेत, कुनै नेता नछाडिने

अब हरेक भ्रष्टाचारका फाइल खुल्ने संकेत, कुनै नेता नछाडिने

  • मिडिया डबली
  • सोमवार, बैशाख २५ २०८०

  • 4.5K
    SHARES

  • अब हरेक भ्रष्टाचारका फाइल खुल्ने संकेत, कुनै नेता नछाडिने

    काठमाडौं - केही समयपछि नेपालमा भ्रष्टाचारविरुद्ध ठूलै आन्दोलन हुने संकेत देखिएको छ ।

    त्यसको पहिलो दृश्य आइतबार बसेको प्रतिनिधिसभा बैठकमा ठूला दलहरूका सांसदबीचको आरोप प्रत्यारोपले पनि पुष्टि हुन्छ ।

    एकले अर्काको आङमा जुम्रा देख्ने भैंसी नदेख्ने जस्तै गरी सांसदहरूले भ्रष्टाचारको पोल खोल्न थालेका छन् । आफैं आफैंबीच पोलापोल गरेको देख्दा जनताले लाजले भुतुक्कै भएका छन् ।

    नक्कली शरणार्थी प्रकरणले राजनीतिक नेतृत्व तानिएको छ । कांग्रेस, एमाले, पूर्वमाओवादीका नेताहरू मुछिएपछि जनता कस्तालाई नेता बनाइएछ भनेर धिक्कार्न थालेका छन् ।

    नक्कली शरणार्थी प्रकरणले नेपालका ठूल्ठूला भ्रष्टाचार प्रकरण सतहमा आउने देखिएको छ । चाहे एमाले, चाहे कांग्रेस, चाहे माओवादी नेतृत्वको सरकारकै पालामा किन नहोस् त्यसबेला भएका भ्रष्टाचार र अनियमितताका फाइल खोल्न जनस्तरबाटै दबाब पर्ने देखिएको छ ।

    यदि अहिले राजनीतिक सेटिङ गरी नक्कली शरणार्थी प्रकरण सामसुम पारिएमा ठूलो आन्दोलन उठ्ने र त्यसले अहिलेका सबै नेतालाई बगाउने निश्चित छ । किनभने जनता ठूला भनाउँदा नेताहरूबाट आजित भइसकेका छन् ।

    नेपालमा सबैभन्दा ठूलो भ्रष्टाचार माओवादी लडाकु शिविरमा भएको छ । त्यसमा साढे चार अर्ब भ्रष्टाचार भएको तथ्य बाहिरिसकेको छ ।

    त्यसपछि वाइडबडी खरिदमा चार अर्ब भ्रष्टाचार भएको सार्वजनिक लेखा समितिले नै प्रतिवेदन तयार पारेको छ । यति, ओम्नी काण्डमा एमालेका नेताहरूले करोडौं भ्रष्टाचार गरेको खुलेको छ ।

    यसमा पनि महालेखा प्रतिवेदन र सार्वजनिक लेखा समितिले नै दोषीलाई कारबाही गर्न भनेको थियो । ललिता निवास जग्गा प्रकरणमा माधवकुमार नेपाल, बाबुराम भट्टराई जस्ता नेता मुछिएका छन् ।

    तर अहिलेसम्म विजयकुमार गच्छदारलाई मात्र टार्गेट गरिएको छ । एकीकृत समाजवादीका नेता झलनाथ खनालको नाममा रहेको सर्प अनुसन्धान केन्द्रमा १९ करोड भ्रष्टाचार भएको सार्वजनिक भएको छ ।

    त्यसैले अहिले नेपाली जनता पहिले कहाँ कहाँ के शीर्षकमा कति भ्रष्टाचार भयो भनेर पहिलेका पत्रपत्रिकामा आएका समाचारका कटिङ सामाजिक सञ्जालमा राखेर भ्रष्टाचारको आन्दोलन सुरु गर्न दबाब दिइरहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend