काठमाडौं– नक्कली शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा मुछिएका नेकपा एमाले का सचिव टोपबहादुर रायमाझी फरार छन्। प्रहरीले उनलाई खोजी गरिरहेको छ। तर, स्रोतका अनुसार रायमाझी एमाले अध्यक्ष केपी शर्मा ओलीनिवास बालकोटमा छन्। ‘उहाँ ओली बाको घरमा हुनुहुन्छ। आइतबार आफैँ प्रहरीकहाँ उपस्थित हुने रे!’
यसअघि ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटवार्ता गरेका थिए । वार्ताका क्रममा उनले ‘रायमाझी बाटोमै समात्नुपर्ने मान्छे होइन’ भनेर भनेका थिए । ओलीको उक्त अभिव्यक्तिले रायमाझी प्रहरीले पक्राउ गरिसकेको जनाउँछ । तर, प्रहरीले भने अनभिज्ञता प्रकट गर्छ । ओलीले दबाब बढाएपछि प्रहरी ‘ब्याक’ भएको बताइन्छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।