सोमवार, जेठ १५ २०८०May 29 2023

Logo
images

इन्द्रजित राईका बाबुछोरा नै मानव तस्करी गर्दा रहेछन्

इन्द्रजित राईका बाबुछोरा नै मानव तस्करी गर्दा रहेछन्

  • मिडिया डबली
  • बिहिवार, बैशाख २१ २०८०


  • इन्द्रजित राईका बाबुछोरा नै मानव तस्करी गर्दा रहेछन्

    आज पत्ता लाग्यो बादलको छोरासंग इन्द्रजित राई बाउछोराहरुले नक्कली भुटानी शरणार्थी बनाएर मानव तस्करी गर्दा रहेछन् ।

    हुन त बादल कालमा प्रहरीका बहुसंख्यक लेनदेन व्यापार, सरुवाबढुवा घुस तथा कमाईहरु यिनैमार्फत हुने हल्ला पनि चलेको थियो ।

    images
    images

    तर हाल शरणार्थी काण्डको मात्र पर्दाफास भएको छ । तर बादलले गृहमन्त्री हुँदा इन्द्रजित राईलाई सुरक्षा सल्लाहकार बनाएको घटनादेखि नै केही न केही गन्ध आइरहेको थियो र कारण थिए किन बनाए भन्ने ?

    १. गृहमन्त्रीको सुरक्षा सल्लाहकार हुँदैन । आइजिपीहरु र गृह उनको गृह प्रशासन र शान्ति सुरक्षा सल्लाहकार हुन् । राष्ट्रिय केन्द्रीय सुरक्षा समितिमा हुने सेनाका प्रतिनिधि सेकेन्ड म्यान, अप्रेसन जर्नेल तथा राष्ट्रिय सुरक्षा परिषदका को–अर्डिनेटर जर्नेल (म स्वयं अढाई वर्ष सदस्य थिएँ) लगायत आइजीपी तथा सचिवहरु तथा अन्यको बैठकले समस्या समाधान गर्छ । तसर्थ गैरगृह तथा एक सिभिलियनलाई कुन लक्ष्यले गृहको सुरक्षा सल्लाहकार बनाइयो ? उनले कसरी प्रहरी, सिडियो तहसम्मका संगठन र कार्यान्वयन तथा ब्यवस्थापन गर्न सक्छन् ? यसैबाट बुझिन्छ झेला छ भनेर । पैसा उठाउनबाहेक अरु के सल्लाह दिने ? हो चाहिने भए पूर्वआइजिपी या एआइजिपीलाई राखिन्थ्यो ।

    २. माओवादी द्वन्दकालमा मिडियाले उनलाई सुरक्षा विज्ञ बनाएर उनको राय विचार छाप्न थाले । र, जनआन्दोलनपछि अचानक बादल नजिकिएर प्रचण्डको पनि दाहिना हात भनी प्रचार गर्न थाले । हल्लाको कारण उनलाई प्रचन्डले सैनिक विषयक विज्ञ भन्ने भ्रममा परे । सुनिएअनुसार सेना र प्रचण्डले बीच मनोमालिन्य जगाउन बादल उक्साउने पनि यिनै हुन् । दोस्रोपटक प्रचण्ड पियम बन्दा यिनीले प्रहरी अधिकारीहरुलाई आफू प्रचण्डको सुरक्षा सल्लाहकार बन्ने भनेको खवर अखबारमा छापिएपछि यिनका भारतीय गोप्य संस्थासितको कनेक्सन विषयक घटनागत समाचार छापिएको थियो । सेनाले छपाएको हल्ला पनि थियो ।

    ३. राजा र चिफलाई सल्लाह दिन्थे भन्ने गरेको गफ मिडियाले छापे पनि उनी खासमा सैनिक कल्याणकारी सञ्चालित वीरेन्द्र सैनिक महाविद्यालयमा पास्ट्रोल अर्थात् होस्टेल तथा खेलकुद विषयक भाइस प्रिन्सिपल मात्र थिए । जसमा अयोग्य प्रमाणित भएपछि प्रधानसेनापति महारथी धर्मपालवरसिंह थापाको अध्यक्षताको सैनिक हेक्वाको पियसओ बैठकबाटै सर्वसम्मत रुपले तत्कालै बर्खास्तीको निर्णय गर्दा मैले नै सदस्य सचिवको रुपमा माइनटिङ र बर्खास्ती निर्देशन पत्र दस्तखत गरेको थिएं । साथै, सोही बैठकमा उनको प्रोफेसरी तथा पिएचडीको दस्तावेज पेस गर्न नसकेकैले विद्यालयमा होस्टल विषयक मात्र जिम्मेवारी दिइएको भन्ने प्रसंग पनि चलेको थियो । सेनाले अचानक बर्खास्त गरेकोले सम्भवतः माओवादीमा बादल नजिक बन्न योग्यता पुगेको होला । बादलले गृह र प्रहरी विषयक के चाहिँ सल्लाह लिँदा रहेछन् त ? प्रष्ट भयो । तत्कालीन आइजिपी र उच्च अधिकारीहरुलाई ज्ञात होला ।

    (पूर्वजर्नेल राजेन्द्र थापाको फेसबुकबाट)

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २१ २०८००९:५५:१५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री
    • सन्जिब न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend