काठमाडौं - नेपाली कांग्रेसले फेरि एक होनाहार नेता गुमाएको छ ।
कांग्रेस महासमिति सदस्य तथा चितवनका पूर्वकोषाध्यक्ष शंकर कँडेल मृत अवस्थामा भेटिएका छन् ।
पोल्ट्री व्यवसायी कँडेल आफ्नै अफिसको कोठाभित्र झुण्डिएको अवस्थामा फेला परेका हुन् । अनमोल फिड्स सञ्चालन गर्दै आएका कँडेलको अफिस भरतपुर महानगरपालिका–३ स्थित बेलचोकमा छ ।
उनी मृत भेटिएको कोठामा सुसाइड नोटसमेत भेटिएको प्रहरीले जनाएको छ । कँडेल चितवनका इमान्दार कांग्रेस नेता थिए ।
उनको सरल र भविष्य बोकेको नेता गुमाउनुपर्दा चितवन शोकमा डुबेको छ । कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँले सरल र इमान्दार कांग्रेस नेता कँडेलको निधनले आफू मर्माहत भएको उल्लेख गरेका छन् ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।