आइतवार, आश्विन २५ २०८३Oct 11 2026

Logo
images images
आजको बिशेष

ओलीले भ्युटावरमा गरेको लगानीले १० वटा आधुनिक रंगशाला बन्थे

ओलीले भ्युटावरमा गरेको लगानीले १० वटा आधुनिक रंगशाला बन्थे

  • मिडिया डबली
  • मंगलवार, बैशाख १९ २०८०

  • 3.0K
    SHARES

  • ओलीले भ्युटावरमा गरेको लगानीले १० वटा आधुनिक रंगशाला बन्थे

    काठमाडौं - एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री भएका बेला नेपालमा भ्युटावर बनाउन तँछाडमछाडको प्रतिस्पर्धा नै चल्यो ।

    देशका ७५३ स्थानीय तहमध्ये धेरैले आफ्नो पालिकामा एउटा न एउटा भ्युटावर बनाएकै छन् । अत्याधुनिक प्रशासकीय भवन बनाएका छन् । कतिसम्म भने ओलीको गृहनगर दमकमा तीन अर्बको लगानीमा भ्युटावर बनिरहेको छ ।

    ओलीले भ्युटावरलाई समृद्धिको सूचक भन्दै गफ लगाएका थिए । यदि त्यसबेला भ्युटावरमा हालेको बजेटले १० वटाभन्दा बढी अत्याधुनिक रंगशाला बन्थे । देशभर अहिले दुई सयभन्दा बढी भ्युटावर बनाइएका छन् ।

    कतिपय बनिसकेका छन् भने कतिपय निर्माणको चरणमा छन् । पहाडको डाँडोमा लगेर भ्युटावर बनाइएको छ । जबकि पहाडको चुचुरोबाट देख्न केही बाँकी हुन्न । देशका विभिन्न स्थानमा बनेका भ्युटावरमा २० अर्बभन्दा बढी खर्च भएको छ ।

    जबकि एक अर्ब रुपैयाँ नभएर भरतपुरमा अन्तर्राष्ट्रियस्तरको गौतमबुद्ध क्रिकेट रंगशाला बन्न सकेको छैन । काठमाडौंमै मूलपानीमा आठ वर्षदेखि क्रिकेट रंगशाला अलपत्र छ ।

    न मैदान, न स्रोत, न साधन, अभावै अभावमा पनि नेपाली क्रिकेटले उपलब्धिमाथि उपलब्धि हासिल गरिरहेको छ । एउटा भएको कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा दर्शकलाई बस्ने कुर्सी छैन ।

    भुइँमा बसेर क्रिकेट हेर्नुपरेको छ । कम्तीमा त्रिवि रंगशालामा मात्रै प्यारापिट बनाएर दर्शकका लागि कुर्सी र छतको व्यवस्था गरिदिएको भए अहिले नेपाली दर्शकले रुखमा चढेर, पानी पर्दा छाता ओढ्नु पर्दैनथ्यो ।

    यसप्रति न क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) ले चासो देखाएको छ, न सरकारमा बस्ने नेताहरूले नै । विश्वको उच्च शिखर सगरमाथा अनि आठ हजारभन्दा उच्च १४ वटा शिखरमध्ये आठवटा नेपालमै पर्छन्।

    नेपाल एक पहाडी परिवेशमा अवस्थित देश हो, जहाँ भ्युटावरको आवश्यक नै पर्दैन। नेपालमा यस्तो टावरको आवश्यक नै छैन।

    नेपाल पहाडै–पहाडले भरिएको सुन्दर देश हो। एउटा पहाडको चुचुरोबाट कैयौँ किलोमिटरसम्मको दृश्य अवलोकन गर्न सकिन्छ।

    अरू देशमा समुद्रमुनि र माथि घर तथा होटेल बनाइएका छन्। तर नेपालमा राम्रो सडक बन्न सकेको छैन । क्षमता जति बिजुली निकाल्न सकेका छैनौं। तर, सरकार भ्युटावर, पार्क, कभर्डहल बनाउन व्यस्त छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend